News Category 2072/10/01
तीन महिना भित्र राजविराज विमानस्थलबाट विमान उड्ने !
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
पटक पटक बन्द र सूचारु हुँदै आएको तथा पछिल्लो पटक विगत ६ वर्षदेखी बन्द रहेको राजविराज विमानस्थलबाट अबको तीन महिना भित्र हवाई उडान हुने भएको छ ।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार रहेको स्थानका विमानस्थल तीन महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
समितिले बिहीवार पर्यटन सचिव दिनेशकुमार थपलियालाई बोलाएर छलफल गरी हवाई उडान सञ्चालन सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हवाई उडान सञ्चालनको लागि पर्याप्त भौतिक पूर्वाधार तयार भइसकेका राजविराज, वैतडी, डोटी, टिकापुर, साफेवगर, मेघौली लगायतका विमानस्थलहरुमा तीन महिनाभित्र उडान सञ्चालन गर्न निर्देशन दिएको हो ।
समितिले पूर्वाधार नरहेका विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा सुझावसहितको प्रतिवेदन एक महिनाभित्र दिन पनि मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो ।
सो समितिका सदस्य संसद अशोक मण्डलले राजविराज विमानस्थल संचालनका लागि पहल गर्नुभएको हो ।
यस्तै वायुसेवा कम्पनीहरुलाई उडानको अनुमति दिँदा यात्रु पुग्ने र नपुग्ने विमानस्थलहरुमा समान ढंगले उडानको व्यवस्थाको लागि, नेपाल आयल निगमले महंगो दरमा ब्खष्बतष्यल त्गचदष्लभ ँगभ िबेच्दै आइरहेकोमा अब उप्रान्त प्रतिष्पर्धात्मक बजार मूल्यलाई आधार मानी ब्खष्बतष्यल त्गचदष्लभ ँगभ िबिक्रि गर्न नेपाल सरकार आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन समेत दिएको छ ।
यसअघि राजविराज विमानस्थल संचालनका लागि उड्डयन मन्त्रालय समक्ष जिल्लास्तर विभिन्न पहल समेत गरिएको थियो तर हालसम्म सो पहललाई वेवास्ता गर्दै आइरहेको छ ।
विमानस्थलबाट २०६६ सालदेखी यात्रु नहुने भएको भन्दै उडान बन्द गरिएको थियो । यसअघि २०५२ साल बैशाखबाट विमान उडान रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत दुई दशकदेखी पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ ।
राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने इटहरी विषणपुर गाविसमा अवस्थित राजबिराज विमानस्थलको २०१६ सालमा उद्योग मन्त्री रहनु भएका स्वर्गिय गणेशमान सिंहले शिलान्यास गर्नुभएको थियो ।
सो विमानस्थलका लागि ५५ बिगहा जग्गा स्थानिय रुद्रनारायाण सिंहले उपलब्ध गराउनु भएको थियो । समुचित मर्मत सम्भारको अभावमा बिगत ७ बर्ष देखि राजविराज विमानस्थलमा हवाई सेवा अवरुद्ध रहेको छ ।
विगतमा विमानस्थलबाट हप्ताको दुई पटक सोमबार र बिहीबार काठमाडांै उडान गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ