News Category 2072/10/01
पक्राउ परेका मोर्चाका चारैजना कार्यकर्ता अदालतबाट धरौटीमा रिहा
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
मधेशी मोर्चा सप्तरीका पक्राउ परेका चार जना कार्यकर्ताहरुलाई बिहीबार जिल्ला अदालत सप्तरीले धरौटीमा रिहा गरेको छ ।
प्रहरीले सप्तरीको भारदह १ का कृष्ण पाइक र रिजु झलाई डाँका तथा रहाजनी चोरी मुद्दा तथा पोर्ताहा ६ का मनराज मण्डल र भारदह ९ का संजिव कुमार मण्डल डाँका मुद्दा लगाएको थियो ।
डाँका मुद्दामा जिल्ला न्यायाधिश महेन्द्र पराजुली र डाँका तथा रहाजनी चोरी मुद्दामा जिल्ला न्यायाधिश शंकर राईको एकल इजलाशले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रिहा भएकाहरु मध्ये डाँका तथा रहाजनी चोरी मुद्दाका आरोपित कृष्ण पाइक र रिजु झले ४५÷४५ हजार तथा डाँका मुद्दाका आरोपित मनराज मण्डल र संजिवकुमार मण्डलले ४०÷४० हजार हजार धरौटी तिरेर रिहा भएका हुन् ।
यता पीडितहरुका तर्फबाट अधिवक्ताहरु श्यामनारायण साह, मो. समिम, नवीन सिंह, महेन्द्र चौधरी, सुरेन्द्र यादव, सुजित पोखरेल, रमानन्द साह, रामकुमार यादव, कृपानारायण यादव, अशोक कुमार चौधरीलगायत दुई दर्जन अधिवक्ताहरुले बहस गर्नुभएको थियो ।
यसअघिबाट नै मधेशी मोर्चा सप्तरीले प्रहरीले चारै जना आफ्ना कार्यकर्ताहरलाई झुठा मुद्दा लगाएको भन्दै बिरोध गर्दै आएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले मंसिर २९ गते पक्राउ परेकाहरुले जिल्ला सप्तरी बोदेवसाइन गाविस बडा नं. ८ घर भई हाल प्रहरी चौकी मोतिपुर मोरङ्मा कार्यरत प्रहरी जवान मोहम्मद अनिस सवार को १५ प ३१२० नं.को मोटरसाइकल रोकी राजमार्गमा अवरोध खडा गरी अज्ञात समुहले घरेलु हतियार चक्कु, खुकुरी, भाटा देखाई कुटपिट गरी घाइते बनाएको तथा अनिसका साथले कर्मचारी संचयकोषबाट निकालेको २ लाख ६४ हजार ५ सय लुटेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ