News Category 2072/10/02
सप्तरीमा माघी पर्व भव्यताका साथ मनाइयो “थारुको अधिकार कम्लहरि र कमैया मुक्तिको रुपमा हरण भयो”
दैनिक संवाददाता
राजविराज, १ माघ ।
थारु कल्याणकारी सभा सप्तरीको संयोजन तथा हर्दिया, दौलतपुर तथा पिप्रा पश्चिम गाविसको व्यवस्थापनमा शुक्रबार माघी महोत्सव २०७२ भव्यताका साथ मनाइएको छ ।
सप्तरीको हर्दिया गाविस वडा नं. १ भेडियामा यो महोत्सवलाई थारु कल्याणकारिणी सभाले आन्दोलनको रुपमा मनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि आदिवासी जनजाती महिला महासंघकी पूर्व महासचिव सोमी लामाले राज्य पक्षले थारुहरुको अधिकार कम्लहरि र कमैया मुक्तिको रुपमा हरण गरिसकेको आरोप लागाउनु भएको छ ।
उहाँले मधेशी, थारु, महिला, दलित, पिछडिएका वर्ग लगायतको मागप्रति सरकार गम्भिर हुनु पर्ने बताउँदै आन्दोलनकारीहरुको माग सम्बोधन नगरिरहेको अवस्थामा आन्दोलन झनै सशक्त पार्नु पर्ने धारणा व्यक्त गरिन् ।
थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष अरुण चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा आदिवासी जनजाती महासंघका पूर्व सचिव नित्यानन्द ताजपुरिया, महासंघका तराई निर्वाचित सचिव ध्यानी उराव, थारु कल्याणकारिणी सभाका केन्द्रिय पूर्वअध्यक्ष चन्द्र कुमार थारु, थाकस सिरहाका अध्यक्ष दुर्गानन्द चौधरी, उदयपुरका अध्यक्ष प्रदीप थारु, सनुसरी, मोरङका अध्यक्ष लगायत थारु अगुवा नेता तथा कार्यकर्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यस्तै महोत्सवमा झाँकी प्रदर्शन, थारु संस्कृति कार्यक्रम, थारु खाना परिकार प्रदर्शन, अवलोकन एवं स्वाद ग्रहण, थारु पहिरन, संस्कृति प्रदर्शन तथा विभिन्न थारु पकवानका स्टलहरु रहेको थियो । महोत्सवमा सप्तरी, सिरहा, उदयपुर लगायतका जिल्लाहरुका थारु समुदायको उल्लेख्यीय सहभागिता रहेको थियो ।
हरेक थारु समुदायले पर्वको रुपमा मनाउँदै आईरहेको सन्दर्भमा यसलाई सामुहिक र संस्थागत तरिकाले माघी महोत्सवको रुपमा मनाउदा स्थानीय पौराणिक कला, संस्कृति, भेषभुषा, भाषा रहन सहन एवं खानपान बचाउमा टेवा पुग्ने र पहिचान लोप हुनबाट सचेत तुल्याउने मुल ध्येयका साथ यस महोत्सवको आयोजनाबाट स्थानीय जिल्ला र राष्ट्र विकासको मुल प्रवाहमा बाटो देखाउनु, स्थानीय श्रोत साधनको प्रयोगमा बल पुग्नुका साथै पर्यटकीय रुपमा टेवा पु¥याई साँस्कृतिक पहिचानलाई स्थायित्व दिन, आर्थिक उन्नतिमा सहयोग पुग्न तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय तवरमा पहिचान कायम गराउन माघी महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणी सभा सप्तरीका प्रवक्ता रमाकान्त चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ