News Category 2072/10/02
सप्तरीमा माघी पर्व भव्यताका साथ मनाइयो “थारुको अधिकार कम्लहरि र कमैया मुक्तिको रुपमा हरण भयो”
दैनिक संवाददाता
राजविराज, १ माघ ।
थारु कल्याणकारी सभा सप्तरीको संयोजन तथा हर्दिया, दौलतपुर तथा पिप्रा पश्चिम गाविसको व्यवस्थापनमा शुक्रबार माघी महोत्सव २०७२ भव्यताका साथ मनाइएको छ ।
सप्तरीको हर्दिया गाविस वडा नं. १ भेडियामा यो महोत्सवलाई थारु कल्याणकारिणी सभाले आन्दोलनको रुपमा मनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि आदिवासी जनजाती महिला महासंघकी पूर्व महासचिव सोमी लामाले राज्य पक्षले थारुहरुको अधिकार कम्लहरि र कमैया मुक्तिको रुपमा हरण गरिसकेको आरोप लागाउनु भएको छ ।
उहाँले मधेशी, थारु, महिला, दलित, पिछडिएका वर्ग लगायतको मागप्रति सरकार गम्भिर हुनु पर्ने बताउँदै आन्दोलनकारीहरुको माग सम्बोधन नगरिरहेको अवस्थामा आन्दोलन झनै सशक्त पार्नु पर्ने धारणा व्यक्त गरिन् ।
थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष अरुण चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा आदिवासी जनजाती महासंघका पूर्व सचिव नित्यानन्द ताजपुरिया, महासंघका तराई निर्वाचित सचिव ध्यानी उराव, थारु कल्याणकारिणी सभाका केन्द्रिय पूर्वअध्यक्ष चन्द्र कुमार थारु, थाकस सिरहाका अध्यक्ष दुर्गानन्द चौधरी, उदयपुरका अध्यक्ष प्रदीप थारु, सनुसरी, मोरङका अध्यक्ष लगायत थारु अगुवा नेता तथा कार्यकर्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यस्तै महोत्सवमा झाँकी प्रदर्शन, थारु संस्कृति कार्यक्रम, थारु खाना परिकार प्रदर्शन, अवलोकन एवं स्वाद ग्रहण, थारु पहिरन, संस्कृति प्रदर्शन तथा विभिन्न थारु पकवानका स्टलहरु रहेको थियो । महोत्सवमा सप्तरी, सिरहा, उदयपुर लगायतका जिल्लाहरुका थारु समुदायको उल्लेख्यीय सहभागिता रहेको थियो ।
हरेक थारु समुदायले पर्वको रुपमा मनाउँदै आईरहेको सन्दर्भमा यसलाई सामुहिक र संस्थागत तरिकाले माघी महोत्सवको रुपमा मनाउदा स्थानीय पौराणिक कला, संस्कृति, भेषभुषा, भाषा रहन सहन एवं खानपान बचाउमा टेवा पुग्ने र पहिचान लोप हुनबाट सचेत तुल्याउने मुल ध्येयका साथ यस महोत्सवको आयोजनाबाट स्थानीय जिल्ला र राष्ट्र विकासको मुल प्रवाहमा बाटो देखाउनु, स्थानीय श्रोत साधनको प्रयोगमा बल पुग्नुका साथै पर्यटकीय रुपमा टेवा पु¥याई साँस्कृतिक पहिचानलाई स्थायित्व दिन, आर्थिक उन्नतिमा सहयोग पुग्न तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय तवरमा पहिचान कायम गराउन माघी महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणी सभा सप्तरीका प्रवक्ता रमाकान्त चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ