News Category 2070/05/06
दुई महिलाद्वारा आत्महत्या, पुरुषद्वारा आत्महत्याको प्रयास
दैनिक संवाददाता
राजविराज, ५ भदौं ।
सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेकी छिन् भने एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् ।
सप्तरीको लोहजारा–१ निवासी राम नारायण महतोको १८ बर्षीया छोरी संगिता महतोले आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।
यस्तै सप्तरीको घोघनपुर निवासी हैदर अलीको २६ बर्षीया श्रीमती हेमा खातुनले नाम नखुलेको विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिष खाएर बेहोस भएको अवस्था फेला परेकी हेमालाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउदा ल्याउदै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आत्महत्या गरेका दुबैको शब पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखिएको छ भने उहाँहरुको आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी श्रमतिसँग भएको घरायसी बिवादका कारण सप्तरीको बेल्ही चपेना गाविस–९ बस्ने अचल मंडलको २५ बर्षीय छोरा लखन मण्डलले नाम नखुलेको विष खाएर आत्महत्याको प्रयास गरेको छ । बिष खाएर सिकिस्त भएका मण्डलको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ