News Category 2072/10/06
बलिदानी दिवसमा सहिदप्रति श्रद्धाञ्जली र रक्तदान
दैनिक संवाददाता
राजविराज, ५ माघ ।
मधेसी मोर्चा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा पनि बलिदानी दिवस मनाएको छ । बि.स. २०६३ साल माघ ५ गते पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा मझौरा गाविसका रमेश महतोको गोली लागि मृत्यु भएको थियो । उनलाई मधेश आन्दोलनका प्रथम सहिदको रुपमा घोषणा गरिएपछि प्रत्येक वर्ष सोही दिन सहिदहरुको सम्झनामा बलिदानी दिवस मनाइने गरिन्छ ।
राजविराजस्थित जिल्ला बिकास समितिको सभाहलमा आयोजित सो कार्यक्रममा पहिलो, दोश्रो र जारि तेश्रो मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्दै बलिदानी दिवस मनाएको हो ।
मधेशीे मोर्चाका जिल्ला संयोजक कपिलदेब यादव अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय नेता भरत साह, मधेशी मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, तमलोपाका कन्द्रिय सदस्यद्वय जयप्रकाश ठाकुर, सधना झा, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जयप्रकाश सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबि यादव, नेकपा (माओवादी)का जिल्ला संयोजक जयप्रकाश यादब, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव, नेसपाका जिल्ला सचिव मनोज झा, मोर्चा नगर संयोजक उमेस साह, सदभावना पार्टीका क्षेत्र न ३ का क्षेत्रिय अध्यक्ष लक्षमण यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव लगायतका बक्ताहरुले मधेशमा जारी आन्दोलनबाट मधेशको मुक्ति भएमात्र सहादत प्राप्त गरेकाहरुको सपना साकार हुने विश्वास ब्यक्त गर्नुभयो ।
यसअघि बलिदानी दिवसको अवसरमा मंगलबार बिहान मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको आयोजनामा मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
राजविराजस्थित ब्लड बैंकमा आयोजित सो रक्तदान कार्यक्रममा विभिन्न पार्टीका १२ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा मोर्चासँग आवद्ध सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय संयोजक लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादव, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष संजय कुमार यादव, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव, युवा फोरमका केन्द्रिय सदस्य उमेश यादव, विद्यार्थी फोरमका रोशन यादव, तराई मधेश सदभावना पार्टीका विद्यार्थी नेता सर्वेश कुमार झा, राजविराज ४ निवासी अमरजंग साह लगायतकाले रक्तदान गरेको मधेशी युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ