News Category 2072/10/08
वार्ता विफल भएको केही घण्टा नबित्दै मोरङ्गको रंगेलीमा प्रहरीको गोली लागि तीनको मृत्यु
दैनिक संवाददाता
बिराटनगर, ७ माघ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच शिर्षस्तरको वार्ता बिहीबार विफल भएको केही घण्टा नबित्दै मोरङ्गको रंगेलीमा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको छ ।
तीन जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको छ । तीन जनाको ज्यान गएको घटनापछि हिंसा भड्किने आंशकामा जिल्ला प्रशासन कार्यालय मोरङले पूर्वमा रंगेलीमा कर्फ्यु लगाएको हो ।
रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रशासनले राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार युवा संघको कार्यक्रम बिथोल्न खोज्दा प्रहरीले चलाएको गोली लागेर रंगेली ४ का ६० वर्षीया द्रौपदीदेवी चौधरी, डायनियाँ ९ का शिवु माझी तथा उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएका बरडंगा २ का महादेव ऋषिदेवको मृत्यु भएको हो । सो घटनामा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
मृतक महिला चौधरी राप्रपा नेपालका कार्यकर्ता हुन् । उनी काम विशेषले बाहिर निस्केका बेला उनलाई गोली लागेको हो । त्यस्तै चौधरी र ऋषिदेवको रंगेलीमा र माझीलाई डायनियाँमा भएको झडपमा प्रहरीको गोली लागेको हो ।
यस्तै सद्भावना पार्टीका केन्द्रिय प्रबक्ता सन्तोश मेहता र पार्टीका नेता दिलिप धाडेबा खुकुरी प्रहारबाट सख्त घाइते भै गोल्डेन अस्प्तालमा उपचाररत हुनुहुन्छ ।
यसैबीच रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले भने डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् । यस्तै प्रर्दशनकारीले रंगेलीमा भएको एमालेको सभामा सहभागी भएर फर्किादै गरेको बसमा बडंगा भन्ने स्थानमा आगजनी गरेका छन् ।
दुई दिनदेखि तनावग्रस्त रंगेलीमा बिहीबार प्रहरीको गोलीबाट ३ जनाको मृत्यु भएको छ । मृतकमा एकजना महिला छिन् । एमाले भातृ संगठन युवा संघले मधेसी बाहुल्य क्षेत्र रंगेलीमा आफ्नो कार्यक्रम राखेपछि बुधबारदेखि नै त्यहाँ तनाव बढेको थियो ।
यता रंगेली र डायिनयाँ चोक अझै तनावग्रस्त रहेको तथा रंगेलीमा सुरु भएको तनाव सँगैको डायनीयाँमा पुगेको हो । यसैगरि विराटनगरको जलजला मोड र महाविर चोकमा समेत प्रदर्शन भएको छ ।
मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजारस्थित एमालेका दुईजना कार्यकर्ताको घरमा गएराति तोडफोड गरेका थिए । मोर्चाको चर्को बिराधका बाबजुद प्रहरी घेराबीच संघले गरेको कार्यक्रममा एमाले नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, महेश वस्नेत, मन्त्री सत्यनारायण मण्डल लगायत पुग्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ