News Category 2072/10/08
वार्ताको नाटक बन्द गरेर मधेशको माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने ः अध्यक्ष महतो
दैनिक संवाददाता
राजविराज, ७ माघ ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ताको नाममा नाटक बन्द गरेर मधेशको माग सम्बोधन नगरेसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
सदभावना पार्टीद्वारा बिहिबार राजविराजमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष महतोले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष महतोले सरकारले वार्ताको नाममा नौटकी मात्र गरेर आन्दोलनकारीलाई थकाउन खोजेको भन्दै सरकारले पुनः मधेशीमाथी दमन गर्न खोजिरहेको आरोप समेत लगाउनुभयो ।
उहाँले मधेशी जनताहरु अझै आन्दोलनबाट नथाकेको भन्दै जारी मधेशी मुक्ति आन्दोलनमा अझै एक धक्का दिएर वार पारको लडाई लड्नका लागि मधेशी जनताहरु तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले मधेशी जनताको कांग्रेस, एमाले, एमओवादी लगायत खसवादी पहाडी मानसिकताका विभिन्न पार्टी तथा उक्त पार्टीका नेताहरुले मधेशलाई ठग्ने काम गरेको भन्दै सम्पुर्ण मधेशी लगायत सम्पुर्ण न्यायपुर्ण जनता एक जुट भएर सरकार तथा पहाडी पार्टीहरुलाई समाप्त पार्ने अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पूर्ण लोकतन्त्रको स्थापना गरेर सम्पुर्ण जनताको अधिकार सुनिश्चितता हुने बताउँदै उक्त आन्दोलनमा सबैको सहयोगको आवश्यकता रहेकोले सहभागि हुन आग्रह गर्नुभयो ।
सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र चौधरी, भिमराज यादव, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्षमण यादव, नगर अध्यक्ष अमरकान्त झा, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम यादव लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
यसैबीच उक्त कार्यक्रममा राप्रपा नेपालका जिल्ला सहसचिव मनोज राउत मेहतर, तराई मधेश राष्टिय अभियानका नगर अध्यक्ष दिनेश प्रसाद साह, नेपाली कांग्रेसका पशुपति दास लगायतका सयौं ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष महतोले सदस्यता प्रदान गर्नुका साथै फुलमाला अबीरको टिका लागायत स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ