News Category 2072/10/11
संविधान संशोधनले मधेशको ५१ प्रतिशत जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित नगर्ने गजेन्द्रवादीको ठहर
दैनिक संवाददाता
राजविराज, १० माघ ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले वर्तमान संविधानलाई संसारकै उत्कृष्ट संविधान भनेर भनेका दलहरूले नै संविधानमा रहेका मधेश विरोधी प्रावधान र व्यवस्थाहरूलाई जारी आन्दोलनकै दबावमा संशोधन गर्न तयार भएको बताएको छ ।
सो पार्टीका अध्यक्ष विकास तिवारीले आइतबार विज्ञप्ति जारि गर्दै संशोधन अपर्याप्त भए पनि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) यसलाई सकारात्मक रुपमा लिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संविधान संशोधनले धारा ८४.१ को व्यवस्था अनुसार मधेशमा प्रतिनिधिसभा तर्फको केही सीट बढे पनि मधेशको करीब ५१ प्रतिशत जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित नगर्ने ठहर गरेको छ ।
जारि विज्ञप्तिमा भनिएको छ, “नयाँ संविधानले अन्तरिम संविधानको विपरीत समानुपातिक तर्फको सीट संख्या घटाएको धारा ८४.१ को (ख) र समानुपातिकको सूचीमा अनावश्यक रुपमा नयाँ समूहहरू थपि समानुपातिक निर्वाचन प्रणालीलाई भद्रगोल बनाउने अभिप्रायले गरिएको प्रावधानको धारा ८४.२ र यसै धारामा समानुपातिक तर्फको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको मूल्य र मान्यता विपरीत खस–आर्यलाई समेत छिराएको साथै भावी संघीय संसदमा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नाममा गरिएको व्यवस्था सम्बन्धी धारा ८४.८ मा मधेशी, दलित, थारु, जनजाति र मुस्लिम महिलाको प्रतिनिधित्व पनि सुनिश्चित गर्ने तथा मधेशमा पहाडीहरूको बढदो बसाई सराईको सन्दर्भमा प्रतिनिधिसभा तर्फको क्षेत्र निर्धारण प्रत्येक १० बर्षमा हुनु पर्नेमा २० बर्षमा मात्र गरिने व्यवस्थाको धारा २८६.१२ मा कुनै संशोधन गरिएको छैन । यसले भविष्यमा मधेशमा गैरमधेशीहरूको संख्या बढने तर सीट नबढने निश्चित छ ।”
त्यस्तै समानुपातिक प्रतिनिधित्वको सवालमा संविधानको धारा ४२ मा सामाजिक न्यायको हकमा समानुपातिक भन्ने शब्द थपिएको छ । तर असमान र अराष्ट्रिय स्वरुप बोकेको नेपाली सेना सम्बन्धीको व्यवस्था २६७ र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी धारा २६८ मा समानुपातिक समावेशीको व्यवस्था गर्ने र समानुपातिक थप्ने सम्बन्धि कुनै संशोधन गरेको छैन । साथै बर्षो देखि सेना, प्रहरीमा एक छत्र प्रभाव जमाएका खस–आर्यलाई आरक्षणको सूचीमा राख्नु आपत्तिजनक रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ