News Category 2072/10/11
संविधान संशोधनले मधेशको ५१ प्रतिशत जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित नगर्ने गजेन्द्रवादीको ठहर
दैनिक संवाददाता
राजविराज, १० माघ ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले वर्तमान संविधानलाई संसारकै उत्कृष्ट संविधान भनेर भनेका दलहरूले नै संविधानमा रहेका मधेश विरोधी प्रावधान र व्यवस्थाहरूलाई जारी आन्दोलनकै दबावमा संशोधन गर्न तयार भएको बताएको छ ।
सो पार्टीका अध्यक्ष विकास तिवारीले आइतबार विज्ञप्ति जारि गर्दै संशोधन अपर्याप्त भए पनि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) यसलाई सकारात्मक रुपमा लिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संविधान संशोधनले धारा ८४.१ को व्यवस्था अनुसार मधेशमा प्रतिनिधिसभा तर्फको केही सीट बढे पनि मधेशको करीब ५१ प्रतिशत जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित नगर्ने ठहर गरेको छ ।
जारि विज्ञप्तिमा भनिएको छ, “नयाँ संविधानले अन्तरिम संविधानको विपरीत समानुपातिक तर्फको सीट संख्या घटाएको धारा ८४.१ को (ख) र समानुपातिकको सूचीमा अनावश्यक रुपमा नयाँ समूहहरू थपि समानुपातिक निर्वाचन प्रणालीलाई भद्रगोल बनाउने अभिप्रायले गरिएको प्रावधानको धारा ८४.२ र यसै धारामा समानुपातिक तर्फको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको मूल्य र मान्यता विपरीत खस–आर्यलाई समेत छिराएको साथै भावी संघीय संसदमा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नाममा गरिएको व्यवस्था सम्बन्धी धारा ८४.८ मा मधेशी, दलित, थारु, जनजाति र मुस्लिम महिलाको प्रतिनिधित्व पनि सुनिश्चित गर्ने तथा मधेशमा पहाडीहरूको बढदो बसाई सराईको सन्दर्भमा प्रतिनिधिसभा तर्फको क्षेत्र निर्धारण प्रत्येक १० बर्षमा हुनु पर्नेमा २० बर्षमा मात्र गरिने व्यवस्थाको धारा २८६.१२ मा कुनै संशोधन गरिएको छैन । यसले भविष्यमा मधेशमा गैरमधेशीहरूको संख्या बढने तर सीट नबढने निश्चित छ ।”
त्यस्तै समानुपातिक प्रतिनिधित्वको सवालमा संविधानको धारा ४२ मा सामाजिक न्यायको हकमा समानुपातिक भन्ने शब्द थपिएको छ । तर असमान र अराष्ट्रिय स्वरुप बोकेको नेपाली सेना सम्बन्धीको व्यवस्था २६७ र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी धारा २६८ मा समानुपातिक समावेशीको व्यवस्था गर्ने र समानुपातिक थप्ने सम्बन्धि कुनै संशोधन गरेको छैन । साथै बर्षो देखि सेना, प्रहरीमा एक छत्र प्रभाव जमाएका खस–आर्यलाई आरक्षणको सूचीमा राख्नु आपत्तिजनक रहेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ