News Category 2072/10/12
मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा आन्दोलन कुनै पनि हालतमा फिर्ता नहुने ः मधेसी मोर्चा
दैनिक संवाददाता
काठमाडौं, ११ माघ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौस्थित तमलोपा पार्टी कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाले आफ्ना सबै मुद्दाहरुको एमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने जनाउँदै माघ १३ गते शहीदको सम्मानमा जिल्ला सदरमुकामहरुमा सार्वजनिक स्थलमा मैनवत्ती प्रज्जवलन, १६ गते क्षेत्रीय स्तरमा सभा र १८ गते सदरमुकाममा अन्तक्रिर्याको कार्यक्रम तोकेको छ ।
यस्तै बैठकपछि मोर्चाले विज्ञप्ति जारी गरी सरकार गैरजिम्मेवार ढंगबाट मधेसमा नरसंहार गरिरहेको आरोप लगाएको छ । मोर्चाले मोरङको रंगेली घटनाको न्यायिक छानविनको माग समेत गरेको छ ।
शनिबार राति भएको संविधान संशोधनले मधेसका सबै मागलाई सम्बोधन नगरेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘जर्बजस्ती संविधान लादिएकै शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रा मुद्दाहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन । हाम्रा मुद्दाहरुको राजनीतिक सम्बोधन नभएसम्म संघर्ष हाम्रो बाध्यता भएको हुनाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने स्पष्ट गर्दछौ ।’
यसैगरी आन्दोलनमा हातेमालो गर्न सबै शक्तिलाई आव्हान गरेको छ । ‘नेपालको संविधान २०७२ प्रति विमति राख्दै मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम, पिछडावर्गको माग सम्बोधनका लागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडि सारेको ११ सूत्रिय मागको समर्थनमा आन्दोलनरत सबै पक्षलाई एकबद्ध भई साझा आन्दोलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ