News Category 2072/10/12
मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा आन्दोलन कुनै पनि हालतमा फिर्ता नहुने ः मधेसी मोर्चा
दैनिक संवाददाता
काठमाडौं, ११ माघ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौस्थित तमलोपा पार्टी कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरेको हो ।
मोर्चाले आफ्ना सबै मुद्दाहरुको एमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने जनाउँदै माघ १३ गते शहीदको सम्मानमा जिल्ला सदरमुकामहरुमा सार्वजनिक स्थलमा मैनवत्ती प्रज्जवलन, १६ गते क्षेत्रीय स्तरमा सभा र १८ गते सदरमुकाममा अन्तक्रिर्याको कार्यक्रम तोकेको छ ।
यस्तै बैठकपछि मोर्चाले विज्ञप्ति जारी गरी सरकार गैरजिम्मेवार ढंगबाट मधेसमा नरसंहार गरिरहेको आरोप लगाएको छ । मोर्चाले मोरङको रंगेली घटनाको न्यायिक छानविनको माग समेत गरेको छ ।
शनिबार राति भएको संविधान संशोधनले मधेसका सबै मागलाई सम्बोधन नगरेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘जर्बजस्ती संविधान लादिएकै शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रा मुद्दाहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन । हाम्रा मुद्दाहरुको राजनीतिक सम्बोधन नभएसम्म संघर्ष हाम्रो बाध्यता भएको हुनाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने स्पष्ट गर्दछौ ।’
यसैगरी आन्दोलनमा हातेमालो गर्न सबै शक्तिलाई आव्हान गरेको छ । ‘नेपालको संविधान २०७२ प्रति विमति राख्दै मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम, पिछडावर्गको माग सम्बोधनका लागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडि सारेको ११ सूत्रिय मागको समर्थनमा आन्दोलनरत सबै पक्षलाई एकबद्ध भई साझा आन्दोलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ