News Category 2072/10/13
कार्यकर्ता रिहाईको माग गर्दै धर्ना
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
प्रहरीले आफ्नो कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा मंगलबार मधेशी मोर्चा सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएको छ ।
प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा प्रहरीले झुटकी गाविस वडा नं. ७ निवासी अशोक कुमार यादवलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
यता मोर्चाले पक्राउ गरिएको यादव मधेशी मोर्चाका कार्यकर्ता रहेको तथा उनी निर्दोष भएको भन्दै रिहाईको माग गरेको छ ।
प्रहरीले पक्राउ परेका यादवलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाउँदै उक्त घटनामा संलग्न रहेका अन्य अभियुक्तहरुको खोजी कार्य तिव्र रुपमा भईरहको प्रहरीले जनाएको छ ।
सो धर्ना कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय जय प्रकाश सिंह, हेम शंकर सिंह, जिल्ला अध्यक्ष सिबु यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, मधेशी मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादवको उपस्थिति रहको थियो ।
यस्तै युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी जिल्ला अध्यक्ष सावृत्रि पण्डित, महिला मंचकी केन्द्रिय महासचिव पुनम यादव, महिला नेतृद्वय उपमा देव, रमिला साह, रामसपाका ललन कुमार यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, फोरम नेपालका युवा नेता केदार प्रसाद यादव, मोर्चाका नगर संयोजक उमेश साह, तमलोपाका जिल्ला सचिव वौवा लाल शर्मा सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ