News Category 2072/10/16
सप्तरीको दर्जनौं गविसमा काँग्रेसको अधिवेशन मोर्चाले बिथोल्यो अधिवेशन अवरोध गर्न खोज्दा मोर्चाका ९ नेता कार्यकर्ता पक्राउ
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि शुक्रबार हुने भनिएको गाउँ, नगर वडा र नगर अधिवेशन सप्तरीको दर्जनौं गाविस तथा नगर वडामा मोर्चाको अवरोध पश्चात् स्थगित भएको छ ।
विगत ६ महिनादेखी मधेशमा जारि आन्दोलनको मागलाई सरकारले गम्भिरतापूर्वक नलिएको भन्दै मधेशी मोर्चा सप्तरीले अवरोध गरेपछि स्थगित भएको हो ।
सप्तरीको ब्रहमपुर, पत्थरगाडा, गम्हरिया प्रवाहा, बेल्ही चपेना, मलेकपुर, कटैया गाविसमा मोर्चाले अधिवेशन अवरोध गरेको मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । मलेकपुरमा आयोजित काग्रेसको अधिबेशनलाई तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष रामदत्त साह, युवा मंचका केन्द्रिय सदस्य जय नारायण यादव, नेकपा माओवादी वैद्य समुहका विशेश्वर मण्डल, किसान मंचका अध्यक्ष विष्णुकान्त यादव, राजाराम यादव सहितकाहरुले अधिवेशनलाई बिथोलिएका थिए ।
यस्तै जिल्लाको मलेकपुर, ब्रहमपुर गाविसमा निर्वाचन अधिकृतले सूचना टाँस गरि अधिवेशन स्थगित भएको जनाएको छ । त्यस्तै जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ का मतदान अधिकृतलाई कब्जामा लिएपछि सो वडाको पनि अधिवेशन स्थगित भएको मोर्चाले जनाएको छ ।
यस्तै जिल्लाको कल्याणपुरमा आयोजना गरेको काग्रेसको अधिवेशन बिथोलिने क्रममा प्रहरीले सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव सहित ९ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
त्यसैगरी सप्तरी क्षेत्र न. ३ अन्तरगत देउरी भरुवा, बोरिया, लौनिया, तिलाठी, सकरपुरा, ईटहरी बिष्णुपुर, बरही बिरपुर, रम्पुरा मल्हनिया, झल्ही फर्सैठ, लालापटी, कोचाबखारी सहितका गाविसमा समेत काग्रेसको अधिवेशन बिथोलिएको छ । मधेशी मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादवको नेतृत्वमा मोर्चा निकट सदभावना पार्टीका केन्द्रिय सदस्य भिमराज यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, मधेश रक्षा बाहिनी प्रमुख बिनोद यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादव, तमलोपाका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग, उग्रकान्त झा, संतोष यादव, जसकरण मण्डल, तारा यादव, कैलु यादव, मो.सफिद, शिवनाथ मण्डल, शिव कुमार ठाकुर, सत्यदेव मुखिया, इनर मुखिया, वैजु मुखिया, किसुन मुखिया, तपेश्वर मुखिया, दामोदर मुखिया, रमेश मुखिया सहितकाहरुको उपस्थितिमा बिथोलिएको मोर्चाले जनाएको छ ।
यसैबीच सकरपुरा गाविसमा बेचन मुखियाको अध्यक्षतामा शुक्रबारै साँझ सर्वसम्मतबाट अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
त्यस्तै सप्तरीको लौनिया गाविसमा आयोजित काग्रेसको अधिवेशनलाई बिथोल्ने प्रयास गर्दा प्रहरी तथा काग्रेसका कार्यकर्ताहरुले बल प्रयोग गरी अधिवेशन गर्न खोज्दा आन्दोनकारीहरुले प्रहरीको भ्यानमा आगजनीको समेत प्रयास गरेका थिए । आन्दोलनकारी तथा स्थानीयबासीहरु आक्रोशित भएपछि प्रहरी तथा काग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समेत लखेटिएको मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादवले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाकै कंचनरुप नगरपालिकाको ६ वडा सम्ममा आयोजित काग्रेसको अधिवेशनलाई बिथोलिएको छ । यस्तै जिल्लाकै पोर्ताहा, कुशहा, पोखरीया, कठौना, कल्याणपुर सहितका स्थानमा आयोजित काग्रेसको अधिवेशनलाई बिथोलिएको मोर्चाले जनाएको छ ।
यस्तै अधिकांश नगरको वडा तथा गाविसका वडाहरुमा अधिवेश बन्द कोठामा सर्वसम्मतिबाट सम्पन्न भएको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ