News Category 2072/10/16
मधेश आन्दोनमा भारतको पूर्ण समर्थन ः भारतीय नेताहरु
दैनिक संवाददाता
राजविराज, १५ माघ ।
सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले जारी मधेश आन्दोलनबाटै मधेशको अधिकार सुनिश्चितता हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा मित्र राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजित नेपाल एवं भारतका युवाहरुको दृष्टिमा मधेश आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गर्नुभएको हो ।
उपाध्यक्ष साहले मधेशी मोर्चा र गठबन्धन मिलेर महागठबन्धन बनाई जारी मधेश आन्दोलनलाई उचाईमा पु¥याएर मधेशको माग सम्बोधन गराउने प्रयास भईरहेको बताउँदै आजैदेखि आफनो घर तथा गाडीमा कालो झण्डा झुण्डयाएर मधेश आन्दोलनलाई उत्कर्षमा पु¥याउने दिनरात लागिपर्ने जिकिर गर्नुभयो ।
उहाँले मधेशमा जारी आन्दोलनलाई सफल पार्नका लागि भारतीय पक्षको पुर्ण रुपमा समर्थन रहेको बताउँदै मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै सोही अन्तरक्रियामा भारतको बिहार राज्य सुपौल जिल्लाका जनता दल युनाईटेडका प्रवक्ता मनोज कुमार सिंहले मधेशमा जारी आन्दोलनमा भारतको पुर्ण रुपमा समर्थन रहेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चितताका लागि पहिलो चरणमा भारतको मुजप्mफरपुर लगायतका स्थानमा आन्दोलन गरी नेपालको राजधानी काठमाण्डौमा समेत गएर आन्दोलन गर्ने उदघोष गर्नुभयो ।
बिशिष्ट अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले भारत र अमेरिकामा जसरी काला र गोराको आन्दोलन भयो, ठिक त्यस्तै नेपालमा पनि अहिले मधेशी र पहाडी बिच आन्दोलन भईरहेको बताउँदै जारी मधेश आन्दोलनमा आफुहरुको पुर्ण सहयोग रहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गणमा प्रवक्ता सिंहले मधेशका सम्पुर्ण पार्टीहरुलाई एउटै झण्डामा आई मधेशको अधिकार प्राप्तिका लागि तथा जारी मधेश आन्दोलनलाई सफल पार्नका लागि कडा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनता दल प्रखण्ड निर्मलीका अध्यक्ष शकिल अहमद, दलका निर्मलीका नेता महेश कुमार यादव, जनता दल युनाईटेडका अशोक कुमार मेहता, युनाईटेडकै नेता पिन्टु मेहता, जनता दल कमलपुरका अध्यक्ष मनोज यादव, राष्ट्र जनता दलका वैद्यनाथ सिंह, बरिष्ठ पत्रकार शिवहरी प्रसाद भटराई, स्वतन्त्र मधेश गठबन्धनका सुरेन्द्र मधेशी, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म मधेशमा जारी आन्दोलन नरोकिने तथा मधेशीको अधिकारका लागि भारतको पुर्ण सहयोग रहेको प्रतिवद्धता जनाउनुभयो ।
युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादवद्वारा संचालित सो अन्तरक्रिया कार्यक्रममा महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजका प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ताले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ