News Category 2072/10/17
मधेशी नेताहरु आन्दोलनमा समर्थन जुटाउन बिहार जादै
काठमाडौं÷आन्दोलनरत मधेशी मोर्चाका नेताहरु जारि मधेश आन्दोलनका लागि समर्थन जुटाउन भारतको बिहार जाँदैछन् ।
सरकारले गरेको संविधान संशोधन पछि भारत सरकारको रवैयामा परिवर्तन आउन थाले पछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो शनिबार सर्लाहीको बाटो भएर बिहारको मजफ्फरपुर जानु भएको छ । त्यहा अध्यक्ष महतो राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्रि डा. रघुबंश प्रसाद सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको सद्भावना पार्टीले जनाएको छ ।
यस्तै उहाँ त्यहाबाट सोमबार पटना जानुहुने कार्यक्रम रहेको छ । त्यहा बिहारका मुख्यमन्त्रि नितिश कुमार, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्द किशोर यादव लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरि मधेशी नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा, विकास तिवारी, जयप्रकाश यादव लगायत अन्य नेताहरु पनि पटना जाने तयारीमा रहेको श्रोतले बताएको छ ।
यता बिहारका कतिपय सांसद र विधायकले दिल्ली सरकारको नीति विपरीत खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन् । संविधान संशोधन पछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमांडौंसंगको सम्बन्ध सुधारको प्रयास शुरू गरेको छ ।
संविधान संशोधन पछि दिल्लीले मधेशी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता लिन लगातार दबाब दिई रहेको छ । काठमाडौंस्थित भारतका राजदूत रंजीत रेले आफै मोर्चाका शीर्ष नेताहरू लाई फोन गरि आम हडताल फिर्ता लिन र नाकाबाट आफ्ना कार्यकर्ता हटाउन दबाब दिएको स्रोतले बताएको छ ।
दिल्लीले आफ्नो समर्थन फिर्ता लिए पछि मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरू संग समर्थन जुटाउन विभिन्न तरीकाले लबिंग गरिरहेका छन् । बिहारका सत्तारूढ दल लालू प्रसाद यादव नेतृत्वको राष्ट्रीय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले पछिल्लो दुई महिनादेखि नेपाल भारतको सीमावर्ती शहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आई रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ