News Category 2070/05/08
सामान्य विवादमा आत्महत्या गर्ने प्रवृति सप्तरीमा बढ्यो २३ दिनमा २३ जनाबाट आत्महत्याको प्रयास, ६ को मृत्यु
नवीनकुमार गुप्ता
राजविराज, ७ भदौं ।
सप्तरीमा सामान्य विवादमा विष सेवन अथवा झुण्डिएर आत्महत्या गर्ने प्रवृति हिजोआज निकै बढेको छ । आत्महत्या गर्नेहरु मध्ये पुरुष भन्दा बढी महिला रहेको त्यसमा पनि अधिकांश १५ देखी २२ वर्षसम्मका युवायुवतीहरु रहेका छन् ।
सामान्य विवादमा पनि बिष खाएर वा झुण्डिएर आत्महत्या गर्ने प्रबृति बढेकै कारण जिल्लामा २३ दिनमा २३ जनाले आत्महत्या गर्ने प्रयास गरेकोमा ६ जनाको मृत्यु भएको छ ।
श्रीमान श्रीमतीको झगडा, प्रेम सम्बन्ध, घरायसी झगडा, आमा बुबाबाट गालि, मानसिक तनाव लगायत सहन नसकि अन्त्यमा आत्महत्या गर्नुपर्ने लक्ष्यमा पुगेको २३ जना आत्महत्या गर्नेहरुको आफन्तबाट बुझिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी श्यामसिंह चौधरी बताउनुहुन्छ ।
दैनिक पाँचदेखि सात जनासम्म विष खाएर सिकिस्त भएकाहरु उपचारका लागि आउने गरेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालका सिअहेब लालकिशोर सिंह बताउनुहुन्छ ।
विषसेवन गर्नेहरु अचेत भई उपचार गरान आउने गरेकोले कुन विष खाने गरेको भनी यकिन हुन नसक्दा उपचारमा नयाँ चुनौती थपिँदै गएको सिंहको भनाई छ ।
भदौं ५ गते मामा घर आएकी एक १९ वर्षिया यूवतीले पंखामा सलको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी छिन् । धनुषाको नाथपट्टी गाविस विषणपुरा २ निवासी संजना कुमारी यादवले आत्महत्या गरेकी हुन् ।
यस्तै जिल्लाकै लोहजारा १ निवासी १८ वर्षिया संगिता महतोले आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साउन २९ गते विहान ५ बजे जिल्लाको जोगनिया गाविस १ की २२ वर्षिया मञ्जु कुमारी मेहताले मानसिक तनावका कारण विषधी औषधि सेवन गरी गम्भिर भएपछि उपचारको क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृतयु भएको छ ।
यस्तै साउन २ गते जिल्लाको पिप्रा गाविस ७ का ६० वर्षिय बोकाई रामले आफ्नै श्रमितिसँग वादविवादका कारण किटनाशक औषधी सेवन गरी आत्महत्या गरेका छन् ।
सप्तरी डाढा गाविस १ निवासी २७ वर्षका नारायण प्रशाद पाण्डेले घर छेउमा रहेको आँपको रुखमा झुण्डीएर आत्महत्या गरेका छन् ।
यस्तै सप्तरी हरिपुर ४ निवासी ३० वर्षिया चन्द्ररेखा कुमारी साह ग्वालीको बासको बल्लीमा सलको पासो लगाई झुन्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यी सबै आत्महत्या गर्नेहरुको रहस्य भने घरायसी विवाद, श्रीमान् श्रीमतीबीचको झगडा लगायत सामान्य विवाद रहेको गजेनद्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक डा. टेक नाराण मण्डल बताउनुहुन्छ ।
यता सगरमाथा अञ्चल अस्पतालमा दुई महिनाको अवधिमा विष खाएर आत्महत्या गर्न खोज्ने ७३ जना उपचारका लागि भर्ना भएको अस्पतालको तथ्यांकले देखाएको छ ।
यसमध्ये झुक्किएर विष खाएका ६ जना बाहेक ६७ जनाले आत्महत्या गर्ने उद्देश्यले विष खाएको अस्पतालले जनाएको छ ।
आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला बढी छन् । बिगत दुई महिनाको अबधिमा विष खाएका १५ जना पुरुषले आत्महत्या गर्ने प्रयास गरेका छन् भने महिलाको सङ्ख्या पुरुषको तुलनामा ३७ जनाले बढी छ ।
विष सेवन गर्ने अधिकांशले बाली विरुवामा छर्कने विषादी औषधी खाने गरेको र केहीले मुसा मार्ने, जुम्रा मार्ने औषधी खाने गरेको चिकितसकहरुको भनाई छ ।
औषधी भनी झुक्किएर खाँदा बरही विरपुर २ निवासी २२ बर्षिय ललनकुमार साह, बोरिया ५ निवासी १६ बर्षिया दिब्या झा, राजविराज ९ निवासी १६ बर्षिया नितु यादव वेहोस भई उपचारार्थ अस्पताल भर्ना भएकी थिइन ।
यस्तै भगवतपु्र ५ निवासी २० बर्षिय श्यामसुन्दर यादवले बालीमा छर्कने विषादीको बोतल मुखले खोल्दा विष सेवन हुन गई अचेत हुँदा अस्पताल भर्ना भएको थियो ।
यसैगरी घरायसी विवादमध्ये पनि श्रीमानसँग झगडा गरेर १६ जना श्रीमतिले विष खाएको छ भने श्रीमतिसँग झगडा गरेर ४ जना श्रीमानले विष खाएको पाइएको छ ।
यस्तै सासुसँग झगडा हुँदा ५ जना बुहारीले, अभिभावकसँग झगडा गरेर ७ जना सन्तानले विष खाएका छन् । छोराबुहारीसँग झगडा पर्दा २ जना सासुले र प्रेमीले धोका दिएको भनेर एक युवतीले समेत आत्महत्या गर्न विष खाएको पाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ