News Category 2072/10/17
सप्तरीमा स्थगित भएका गाउँ अधिवेशन अझ भएन
राजविराज÷मधेसी मोर्चाको अवरोधले गर्दा शुक्रवार स्थगित भएको नेपाली काँग्रेस सप्तरीका गाउँ तथा नगरपालिकाका वडा अधिवेशन शनिवार पनि हुन सकेन । मोर्चाका कार्यकर्ताहरुको अवरोधले स्थानीय निर्वाचन अधिकृतहरुले सप्तरीका दुई दर्जन गाउँ र केही नगरका वडा अधिवेशन सार्वजनिक सूचना जारी गर्दै स्थगित गरेका थिए ।
तर, स्थगित भएका अधिवेशनहरु एक–दुई दिनमा सम्पन्न हुने नेपाली काँग्रेस सप्तरीले जनाएको छ । सप्तरीको पत्थरगाडा र मलेकपुर गाविसमा आन्तरिक विवाद रहेकाले दुबै गाविसमा निर्वाचनको प्रक्रिया शुक्रवार नै सुरु भएको थियो । तर, मधेसी मोर्चाका कार्यकर्ताहरु पुगेर अवरोध गरेपछि अधिवेशन नै स्थगित भएको थियो ।
काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले मोर्चा कार्यकर्ताहरुको अवरोधको बाबजुद पनि सप्तरीको अधिकांश गाविसको अधिवेशन शान्तिपूर्णढंगले सम्पन्न भएको बताए । ‘केही गाविसहरु स्थगित भएको अधिवेशन एक–दुई दिनमै हुन्छ’, उनले भने, ‘अधिकांश गाविसहरुमा सर्वसम्मतीबाट नयाँ प्रतिनिध चयन भएको छ, आन्तरिक विवाद रहेका गाउूहरुमा पनि सर्वसम्मतको प्रयास भईरहेको छ ।’
यता नेपाली काँग्रेस सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सभापति एवं जिविस सप्तरीका पूर्व सदस्य देवनारायण यादव गाउँ अधिवेशनबाटै बाहिरिएका छन् । तिलाठी गाविसमा शुक्रवार अबेर राती ४ वटा महाधिवेशन पदकालागि भएको निर्वाचनमा २२ मत मात्रै ल्याएपछि यादव पराजित भएका हुन् । तिलाठीबाट डा. अनिलकुमार झा, अजितकुमार मिश्र, अमिर झा र रामलखन यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । बाँकी पदहरुमा भने तिलाठीमा सर्वसम्मती भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ