News Category 2072/10/17
चिसोबाट जोगिन १५ परिवारलाई कम्बल
राजविराज÷सप्तरीको बरही बिरपुर र कोचाबखारी गाविसका दलित बस्तीमा चिसोबाट जोगिन १५ परिवारलाई शनिबार रंगिन ब्लायाङ्गकेट वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक समारोहबिच डोम तथा दलित परिवारलाई रंगिन ब्लायाङ्गकेट वितरण गरिएको हो ।
सो समारोहमा क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षता तथा पत्रकार शुभ नारायण यादवको प्रमुख आतिथ्य एवं अवकाश प्राप्त प्रअ असर्फी यादवको विशिष्ट आतिथ्यमा कोचाबखारी गाविस १ का डोम परिवार र बरही बिरपुर गाविस ५ का दलित परिवारलाई न्यानो रंगिन ब्लायाङ्गकेट वितरण गर्नुभयो ।
रंगिन ब्लायाङ्गकेट पाएपछि चिसोबाट आफु र आफना बालबच्चाहरु समेत जोगिनमा सहयोग पुग्ने स्थानीय जुक्ति मरिकको बताउनुभयो । त्यस्तै घरको आर्थिक अवस्था एकदमै कमजोर रहेका तथा एकल महिलाहरु कैली राम र भुलुर राम अपाङ्गलाईले आफुहरु जस्तो गरीब र निमुखालाई रंगिन ब्लायाङ्गकेट प्रदान गरेकोमा खुशि ब्यक्त गरेकि छिन ।
यसअघि उक्त संस्थाले राजविराज नगरपालिकाका साथै रायपुर, लालापटी, कोचाबखारीको डोम बस्ती, छिन्नमस्ताको डोम बस्तीका साथै अन्य गाविसका गरीब, निमुख्खा र दलित परिवारका ब्यक्तिहरुलाई पाँच सय थान रंगिन ब्लायाङ्गकेट वितरण गरिएको क्लवका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ