News Category 2072/10/19
काँग्रेसको नगर अधिवेशन स्थगित काँग्रस र मोर्चा कार्यकर्ताबीच झडप हुँदा एक घाइते
दैनिक संवाददाता
राजविराज, १८ माघ ।
नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन सोमबारका लागि स्थगित भएको छ ।
राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएपछि स्थगित भएको हो ।
मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचन स्थलमा पुगेर ब्यालेट पेपर च्यात्न खोज्दा काँग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेपछि मोर्चाका विद्यार्थी नेता तारकेश्वर यादव घाइते भएका हुन् ।
घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएर घर फर्केका छन् । सो घटनापछि विद्यालय क्षेत्र तनावग्रस्त रहेको थियो ।
काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेका छन् ।
यसअघि सप्तरीको विभिन्न गाविसमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए ।
यसैबीच नेपाली काँग्रेस नगर अधिवेशन स्थगित भएको जनाइएको छ । अधिवेश मंगलबार हुने जनाइएको छ ।
यस्तै सोमबार नेपाली काग्रेस शम्भुनाथ नगरपालिकाको कठौना बजारमा निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको काग्रेसले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ