News Category 2072/10/20
साना तथा मझौला आयोजनाहरुलाई उच्च प्राथमिकताका साथ संचालन गर्ने ः सिंचाई मन्त्री
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
सिंचाई मन्त्री उमेश कुमार यादवले मधेशका खस शासकवर्ग, सामन्तवादी र जमिन्दारबाट मुक्ति नभएसम्म मधेशको मुक्ति नहुने बताउनुभयो ।
सिंचाई मन्त्री भएपछि पहिलो पटक आफनो गृह जिल्ला आउँनुभएका मन्त्री यादवले मंगलबार आफनै निवास जिल्लाको लालापटी गाविसमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले मधेशलाई मुक्त बनाउँनका लागि सबैभन्दा पहिले मधेशी जनताहरुले मधेशका रहेका खस शासकवर्ग, सामन्तवादी र जमिन्दारबाट मुक्ति पाउँनुपर्नेमा जोड दिनुभयो । उहाँले सप्तरी जिल्लालाई पुर्ण सिंचाई बनाउँनका लागि जिल्लाका रहेका साना तथा मझौला आयोजनाहरुलाई उच्च प्राथमिकताका साथ संचालन गर्ने सरकारको लक्ष्य रहेको जिकिर गर्नुभयो ।
जिल्लामा रहेका त्रियुगा नदी, बिहुल, भलुवाही, जिता, बहान लगायतका नदीहरुको सम्बन्धमा समेत मन्त्रालय ब्यवस्थित बनाउँन तथा नदी नियन्त्रण गर्ने सम्बन्धमा लागि परेको स्पष्ट पार्नुभयो । त्यस्तै उहाँले सप्तरी सहित मधेशकमा जिल्लाहरुमा रहेका किसानहरुका लागि सिंचाईको पूर्ण व्यवस्था गर्ने विभिन्न योजनाहरु संचालन गर्न लागिपरेको बताउनुभयो ।
जसअन्तर्गत एक गाउँ एक पोखरी, ईनार लगायतका कार्यक्रममा साथै पाँच वर्षमा ३ देखि ५ वटा गाविसलाई सिंचाई युक्त गर्ने लक्ष्य रहेको तथा त्यसको पूर्व तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । मन्त्री यादवले सप्तरी र सिरहाका किसानहरुका लागि चैते धानका लागि कुनै पनि जग्गा बाँझौ हुन नदिनका लागि तथा प्रत्येक किसानको खेतमा सिंचाई पु¥याउने लक्ष्य अनुरुप नयाँ योजानहरु संचालन गरिएको बताउनुभयो ।
यस्तै चुरे क्षेत्रमा डिप टयुवेल, डिप ईनार संचालन गर्नुका साथै नदी नियन्त्रण अभियानलाई समेत पुर्ण रुपमा सहयोग गर्ने तयारीमा लागिपरेको बताउनुभयो ।
मन्त्री यादवले सिंचाईको आयोजना सम्बन्धमा खेतियोग्य जमिनलाई बाँझौ नहुने तथा खेतियोग्य जग्गाकै उपलब्धि हुनुपर्ने लक्ष्य रहेको तथा स्यालो टयुबेल न्युनतम २५ विगहा जग्गा सम्म सिंचाई हुने लक्ष्य अनुसार यस वर्ष मत्रालयले स्यालो टयुबेल वितरण गरिने जानकारी दिनुभयो । यसैगरी मन्त्रालयले समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रम, तराई मधेश बाढी प्रकोप सिंचाई कार्यक्रम, बाढी नियन्त्रण तथा बस्ति संरक्षणको लागि ५ अर्ब बर्षेनी बजेट बिनियोजित गरेको छ भने नदी नियन्त्रणका लागि ५० अर्ब, बाढी तथा बस्ती नियन्त्रणका लागि ५० अर्ब लगायतका बजेट बिनियोजित गरीने मन्त्रालयको तयारी रहेको बताउनुभयो ।
त्यसैगरी चतरामा ५ वर्ष भित्र ब्यारेज निर्माण गर्ने लक्ष्य अनुरुप कार्य अगाडी बढाउनु, सुनकोशी कमला डाईभर्सन सिरहा र धनुषामा पर्ने कोशी उच्च बाँधको चपेटामा परेकोले त्यसलाई भारतीय दुतावासको सहयोगमा निर्माण कार्य हुने तथा सुनकोशी डाईभर्सन अगामी वर्ष भित्र स्थापना गर्ने लगायतका योजनाहरु संचालन हुने मन्त्री यादवले जानकारी दिनुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले जनतालाई उपभोग्य समितिको अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिदै उपभोक्ताले नै सम्पुर्ण कार्य गर्नुपर्ने तर्फ मन्त्रालयको ध्यान पुगेको बताउँदै बिना कर तिरेर ठेकेदार बनेको आरोप लगाउँदै राजनीतिक अखाडा तथा भर्ति केन्द्र बनिएकोले सो कार्य बन्द गर्न मन्त्रालय लागिपरेको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ