News Category 2072/10/20
अधिवेशन विथोल्न खोज्दा एक दर्जन मोर्चा नेता कार्यकर्ता पक्राउपछि रिहा
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन विथोल्न खोज्दा प्रहरीले एक दर्जन मधेशी मोर्चाका नेता कार्यकर्तालाई मंगलवार पक्राउ गरेको छ ।
मोर्चाले सोमबार काँग्रेसको नगर अधिवेशनलाई बिथोल्न खोज्दा झडप भएपछि अधिवेशन स्थगित भएको थियो । सो अधिवेशन मंगलबार राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा पुनः सुरु भएपछि मोर्चाले फेरी विथोल्न खोज्दा प्रहरीले विद्यालय अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, संघीय समाजवादी फोरम नेपाका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव उमेश यादव, सदस्य केदार यादव, सुरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला कोषाध्यक्ष बीरेन्द्र साह, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, युवा विद्यार्थी मोर्चा सप्तरीका सल्लाहकार शम्भु यादव, युवा फोरमका विशाल यादव, सञ्जय यादवलगायत रहेका छन् । यता पक्राउ परेकाहरुलाई मंगलबार साँझ प्रहरीले रिहा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ