News Category 2072/10/21
मधेश महिया पार्टीका भगत सिंह पक्राउ अपहरण, शारीर बन्धक तथा बम विष्फोटनमा संलग्न ः प्रहरी
दैनिक संवाददाता
राजविराज, २० माघ ।
पटक पटक फोनमा धम्की दिने, चन्दा माग्ने तथा बम विष्फोटन गर्ने कार्यमा संलग्न मधेश महिया पार्टीका भगत सिंहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको फर्सैठ गाविस वडा नं. ३ निवासी ३० वर्षिय सुरेन्द्र कुमार यादव भनिने भगत सिंहलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको जनाएको छ ।
२०७२ साल पुस १८ गते राजविराज वडा नं. ५ निवासी महेशनाथ शर्मा लुइटेललाई भारतीय मोवाइल नम्बरबाट फोन गरी पार्टीको भगत सिंह भनेर ५० लाख चन्दा माग गरेको तथा १९ गते राती उहाँको घरमा बम विस्फोट गरेको अभियोगमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार पक्राउ परेका यादवले माघ १ गते सप्तरीको कंचनरुप नगरपालिका १ बस्ने उपेन्द्र प्रसाद साहलाई भारतीय मोवाइल नम्बरबाट फोन गरी १० लाख २४ घण्टा भित्र दिनुपर्छ नदिएमा घरमा बम विष्फोट गराई ज्यानै मारिदिन्छु भनि पटक पटक धम्कि दिएको माघ २ गते निजको घरमा बम विष्फोट गराएको जनाएको छ ।
यता प्रहरीले पक्राउ परेका यादवलाई नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ