News Category 2070/05/08
गोलमेच सम्मेलनको नाममा गोलमाल सम्मेलन नहोस् ः अध्यक्ष महतो
दैनिक संवाददाता
राजविराज, ७ भदौ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने प्रयास भए त्यो नेपाली जनताको भावना बिपरित हुने बताउनुभएको छ ।
सद्भावना पार्टी सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष महतोले गोलमेच सम्मेलन मंसीर ४ गतेको निर्वाचनको लागि सफल बनाउने उद्देश्यबाट हुनुपर्ने बताउनुभयो ।
गोलमेच सम्मेलनको नाममा निर्वाचन सार्ने षडयन्त्र हुन सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताउनुहुँदै उहाँले गोलमेच सम्मेलन गोलमाल सम्मेलन नहोस्, त्यसो भयो भने जनताको हित बिपरित हुने धारणा व्यक्त गर्नुभयो ।
राजनीतिक गतिरोधको अन्त्य गरी निर्वाचन सफल बनाउने उद्देश्यबाट गोलमेच सम्मेलन हुनु ठीक भएपनि गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने, रोक्ने वा तुहाउने षडयन्त्र भए आफुहरुले नमान्ने चेतावनी समेत दिनुभयो ।
बिभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न र संघीयता सहितको संबिधान निर्माणका लागि निर्वाचन एक मात्र बिकल्प रहेको बताउनुहुँदै अध्यक्ष महतोले निर्वाचनमा सबै दल सहभागि हुनुपर्ने बताउनुभयो ।
सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा सद्भावना पार्टी निकट महिला मञ्चकी केन्द्रीय अध्यक्ष एंव साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ