News Category 2072/10/22
आन्दोलनमा पनि सप्तरीमा शौचालय बनाउँनेको लहर
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
सन् २०१६ सम्ममा सप्तरीलाई दिशा मुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप यहाँ बन्द हडतालमा पनि सर्वसाधारणहरुले शौचालय निर्माण कार्यलाई तिव्रता दिएका छन ।
सोही क्रममा सप्तरीको बरही बिरपुर गाविस ७ निवासी बिनोद कुमार यादवले आप्mनै लगानीमा नीजि शौचालय निर्माण कार्य शुरु गरेका छन् । मधेशमा विगत ६ महिनादेखि जारी आन्दोलनका कारण शौचालय बनाउने कार्यमा चाहिने भौतिक सामग्रीहरुको समस्या भएपनि यादवले शौचालय निर्माण कार्यलाई निरन्तरता दिएका छन ।
त्यस्तै बरही बिरपुर गाविस ७ निवासी बौआलाल यादवले नमुना शौचालय निर्माण गरेपछि त्यहाँका स्थानीयबासीहरु पनि धमाधम रुपमा घर घरमा शौचालय निर्माण कार्यलाई तिव्रता दिएका छन । यादवले आप्mनो घरमा दुई वर्ष अगाडी नै नमुना शौचालय निर्माण गरेपछि छिमेकी विद्यानन्द सुतिहारले पनि आप्mनौ घरमा शौचालय निर्माण गरेको बताउँछन ।
यादव जस्तै छिमेकी कोचाबखारी गाविसका स्थानीयबासीहरुले पनि बन्द हडतालमा पनि आफनै नीजि लगानीमा सर्वसाधारणहरु शौचालय निर्माण गर्न थालेका छन ।
त्यस्तै जिल्लाकै छिन्नमस्ता गाविसका केही परिवारहरुले समेत मधेशमा जारी बन्द हडतालको ६ महिनाको अवधिमा करिब एक दर्जन ब्यक्तिहरुले नीजि लगानीमै शौचालय निर्माण गर्दै आएको स्थानीयबासी विद्यानन्द चौधरीले जानकारी दिनुभयो । छिन्नमस्ता गाविसको सखडा तथा अन्य विभिन्न वडामा समेत स्थानीयबासीहरुले आप्mनै पहलमा शौचालय निर्माण कार्य गरिरहेका छन् ।
त्यस्तै जिल्लाको नर्घो गाविसमा समेत मधेशमा जारी ६ महिनाको अवधिमा पनि धेरै मात्रामा शौचालय निर्माण कार्य भएको स्थानीय एलजिसिडिपिका सामाजिक परिचालक अनिता भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको लक्ष्य अनुरुप बन्द हडतालमा पनि सर्वसाधारण जनताहरुले बाधा ब्यवधानका बावजुद पनि शौचालय निर्माण कार्य भइरहेको बताईन ।
यसैगरी जिल्लाको तेरहौता गाविसमा समेत अधिकांश ब्यक्तिहरुले बन्द हडतालको समयमा पनि आ–आप्mनो घरमा आफनै नीजि लगानीमा शौचालय निर्माण गरेको स्थानीयहरुको भनाई रहेको छ ।
यता जिएफएस र युएनह्याविटाटको सहयोग तथा सबल नेपालको आयोजनामा यस वर्षमा जिल्लाको १५ वटा गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप सो कार्यक्रमलाई तिव्रता दिएका छन ।
जकर घरमे चर्पी नै तकर घरमे शादी नै भन्ने मुल नाराका साथ यस वर्षमा सबल नेपालले सप्तरीको नर्घो, छिन्नमस्ता, सिम्रहा सिग्यौन, गम्हरिया प्रवाहा, ब्रहमपुर, मलेकपुर, कविलासा, झुटकी, औरही, बेल्ही चपेना, कोचाबखारी, पातो, बनैनियाँ, भुतही, तेरहौता सहितका गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई अगाडी बढाईएको सबल नेपालका वास कार्यक्रमका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।
सप्तरीको स्वभिमान खुल्ला दिशा मुक्त अभियान, सप्तरी जिल्लालाई सन २०१६ सम्ममा खुल्ला दिशा मुक्त गरौ भन्ने मुल नाराका साथ सप्तरी जिल्लालाई सन २०१६ मै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न मधेश आन्दोलनले केही असर गरेपनि अहिले सो कार्यक्रमलाई अगाडी बढाउने तयारी भईरहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवले बताउनुभयो ।
उहाँले गत वर्ष सप्तरीमा २३ हजार नयाँ चर्पी निर्माण भएको तथा खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको लहरै चलेको थियो तर विगत ६ महिना दिन देखिको मधेश आन्दोलनका कारणले केही असर गरेपनि अब सप्तरीबासीहरु पुन बन्द हडतालमा पनि शौचालय निर्माण कार्यलाई तिव्रता दिएको तथा यस वर्षमा जिल्लाको १५ वटा गाविसलाई मसेत खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो ।
यसैबिच युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकीले सप्तरीबासीहरु मध्ये केही ब्यक्तिहरु यस्तो पनि पाईयो की जसलाई हुने खाने भरीपूर्ण रहेपनि शौचालय निर्माण नगरी खुल्ला ठाउँमा गएर दिशा गर्ने गरेको छ ।
उहाँले एक ग्राम दिशामा १ करोड भाईरस तथा १० लाख भ्याक्टेरिया रहेको हुन्छ भने ८ घण्टामा एउटा भ्याक्टोरियाबाट १ करोड ६७ लाख ७७ हजार ७ सय भन्दा बढी भाईरसको संख्या हुने गरेकाले अब सप्तरीबासीहरुलाई पनि शौचालयमा दिशा नगरेर नहुने अवस्था आईसकेको बताउँनुभयो ।
संयोजक बुढाथोकीले खुल्ला ठाउँमा दिशा गरेका कारणले नै मान्छेको दिशा मान्छेले नै खाने गरेकोले अब मोटरसाईल, मोवाईल र घडी नलिई सबैजना पहिला आप्mनो घरमा शौचालय बनाउँनुपर्ने जरुरी रहेको बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ