News Category 2072/10/24
पक्राउ परेका १२ मध्ये दुई जना सप्तरीका नक्कली डाक्टर पनि !
राजविराज÷नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरि विभिन्न अस्पतालमा काम गर्दै आएकामध्ये पक्राउ परेका १२ जना नक्कली चिकित्सक भएको तथ्य खुलेको छ । पक्राउ परेका ती १२ जनामध्ये दुई जना चिकित्सक सप्तरीको पनि रहेको छ ।
सप्तरीको कल्याणपुर ३ निवासी मो. अमरुल हक र बैरवा २ निवासी तुलसीकुमार महतो नक्कली चिकित्सक भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट खुलेको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा हक र कोसी अञ्चल अस्पतालमा महतो कार्यरत हुन् ।
यस्तै झापा विर्तामोडस्थित वीएनसी अस्पतालका रामबाबु गिरी र पशुपति मोडेल अस्पताल इटहरीमा कार्यरत पशुपति चौधरी पनि नक्कली चिकित्सक भएको प्रहरीको दाबी छ । अस्पतालका प्रमुखसमेत रहेका चौधरीले नेपाल मेडिकल काउन्सिल परीक्षा उत्तीर्णसमेत गरेका छैनन् । बंगलादेशबाट एमवीवीएस पास गरेका गिरीले फिलिपिन्सबाट एमडीसमेत पास गरिसकेका छन् । त्यसैगरी मोहमद अहमद सिद्धिकी ग्लोवल अस्पताल मिर्चैया सिरहा, सन्तोष कुमार यादव जनकपुर अस्पताल जनकपुर, कल्याण विश्वास चानसी मेडिकल हल जनकपुरमा लामो समयदेखि कार्यरत रहेको प्रहरीको अनुसन्धानमा रहेको छ ।
यस्तै विनिता यादव कलेज अफ मेडिकल साइन्स भरतपुर, भगवान केवट मल्लाह अजित मेडिकल हल जनकपुर, शैलेन्द्रकुमार महतो रामजानकी डेन्टल क्लिनिक जनकपुर अफजल हुसेन स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तु र श्यामबाबु साह ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत रहेको डीआईजी मल्लले सञ्चारमाध्यमहरुलाई जानकारी गराउनुभयो ।
उहाँका अनुसार नेपालबाट एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १ जना, भारतबाट प्रमाण पत्र तहको नक्कली प्रमाणपत्र पेश गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाण तह पेश गरि चिकित्सक अध्ययन गर्ने १ जना छन् । जुनसुकै मुलुकबाट एमवीवीएस पास गरेपनि चिकित्सक सेवा सुरु गर्न अघि मेडिकल काउन्सिल परिक्षा उत्तीर्ण गर्ने प्रावधान छ ।
तर, उक्त परीक्षासमेत उर्तीण नगरी चिकित्सक बनी काम गर्ने ४ जना छन् । पशुपति चौधरी, मोहमद अमहमद सिद्धिकि, कल्याण विश्वास र अफजल हुसैनले हालसम्म मेडिकल काउन्सिल परीक्षासमेत उत्तीर्ण गरेका छैननचस्् । गिरीले पटना मेडिकल कलेज भारत, सिद्धिकि सिन्धु मेडिकल कलेज पाकिस्तान, कल्याण विश्वास चाइना मेडिकल कलेज चीन र हुसैनले रसियाबाट एमवीवीएस उत्तीर्ण गरेका हुन् ।
यता प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको अनुसार लामो समयको अनुसन्धानपछि एसएलसी तथा प्रमाण पत्र तहको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरि चिकित्सक पास गरेको फेला पारेको हो ।
व्यूरोका डीआईजी हेमन्त मल्ल ठकुरीले नक्कली प्रमाणपत्रको आधारमा अध्ययन गरि त्यसकै आधारमा नेपाल मेडिकल काउन्सिलको प्रमाण लिएका नक्कली चिकित्सकलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
यता पक्राउ परेकामध्ये रसियाबाट एमबीबीएस गरेका एक, चीनबाट एमबीबीएस गरेका ५, भारतबाट एक, बंगलादेश एक, पाकिस्तान एक, बीडीएस गरेकामध्ये भारतबाट एक, बंगलादेशबाट एक, पाकिस्तानबाट एक र फिलिपिन्सबाट एक जना छन् । नक्कली प्रमाणपत्र पेस गर्ने गिरीले फिलिपिन्सबाट एमडी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ