News Category 2072/10/25
आन्दोलनमा शिथिलता आउनुमा मधेशी मोर्चाका नेताहरु जिम्मेवार
दैनिक संवाददाता
राजविराज, २४ माघ ।
नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले जारि मधेश आन्दोलनमा शिथिलता आउनुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।
मधेशी पत्रकार समाजको कार्यालयमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाउँदै उहाँले ६ महिनासम्म आन्दोलन जारी रहँदा पनि शासकवर्ग गम्भीर बन्न नसकेको अवस्थामा गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष तिवारीले मधेश आन्दोलनको मुख्य विषय संविधान संशोधन भएकोले काँग्रेस, एमाले र माओवादीसँग समदूरी बढाएर जानुपर्ने जिकिर गर्नुभयो । भारतको मुज्फ्फरपुर र पटनाबाट नेपाल फर्किएलगत्तै मोर्चाका केही नेताहरु सत्तासँग नजिकिएको आरोप लगाउँदै उहाँले रणनीति तहत आन्दोलनलाई निष्कर्षविहीन बनाएको दाबी समेत गर्नुभयो ।
भारतको मुजफ्फरपुर र पटनामा सम्पन्न कार्यक्रम सम्पन्न कार्यक्रम तथा भारतीय नेताहरुसँगको भेंटघाटमा आफूले समग्र मधेश एक प्रदेशको पक्षमा कुरा राखेको बताउनुभयो । सीमामा तस्करी, संविधानमा रहेको त्रुटीलगायतको विषयमा भारतीय नेताहरुलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ