News Category 2072/10/25
आन्दोलनमा शिथिलता आउनुमा मधेशी मोर्चाका नेताहरु जिम्मेवार
दैनिक संवाददाता
राजविराज, २४ माघ ।
नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले जारि मधेश आन्दोलनमा शिथिलता आउनुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।
मधेशी पत्रकार समाजको कार्यालयमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाउँदै उहाँले ६ महिनासम्म आन्दोलन जारी रहँदा पनि शासकवर्ग गम्भीर बन्न नसकेको अवस्थामा गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष तिवारीले मधेश आन्दोलनको मुख्य विषय संविधान संशोधन भएकोले काँग्रेस, एमाले र माओवादीसँग समदूरी बढाएर जानुपर्ने जिकिर गर्नुभयो । भारतको मुज्फ्फरपुर र पटनाबाट नेपाल फर्किएलगत्तै मोर्चाका केही नेताहरु सत्तासँग नजिकिएको आरोप लगाउँदै उहाँले रणनीति तहत आन्दोलनलाई निष्कर्षविहीन बनाएको दाबी समेत गर्नुभयो ।
भारतको मुजफ्फरपुर र पटनामा सम्पन्न कार्यक्रम सम्पन्न कार्यक्रम तथा भारतीय नेताहरुसँगको भेंटघाटमा आफूले समग्र मधेश एक प्रदेशको पक्षमा कुरा राखेको बताउनुभयो । सीमामा तस्करी, संविधानमा रहेको त्रुटीलगायतको विषयमा भारतीय नेताहरुलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ