News Category 2072/10/26
घोषित बन्दमै सप्तरीबाट अघोषित रुपमा यातायात संचालन
दैनिक संवाददाता
राजविराज, २५ माघ ।
मधेशमा ६ महिनादेखी जारि घोषित आन्दोलनकै समयमा सप्तरी सदरमुकाम राजविराजबाट अघोषित रुपमै सोमबारदेखी यातायाताका साधनहरु दिउँसो चल्न थालेका छन् ।
सरकार र आन्दोलनरत मधेशी मोर्चाबीच पटक पटक वार्ता हुँदा समेत कुनै निष्कर्ष निष्कन नसक्दा यहाँका यातायात व्यवसायीहरुले साधनहरु स्वस्फूर्त ढंगले संचालनमा ल्याएका छन् । गत शुक्रबार विरगंज रक्सौल नाका खुलेपछि आइतबारदेखी केही मात्रामा यातायात संचालन हुन थालेपछि सोमबारदेखी खुल्ला रुपमा ती साधनहरु सडकमा गुड्न थालेका हुन् ।
आन्दोलनका कारण पेट्रोलिय पदार्थको अभावका बीच जसोतसो यातायातका साधनहरु केही मात्रामा संचालन भएको छ । सोमबार बिहान यहाँबाट बिराटनगरका लागि माइक्रो तथा बसहरु केही मात्रामा संचालन भएको पूर्वी माइक्रो यातायात संघले जनाएको छ ।
यस्तै राजविराजबाट जनकपुरका लागि पनि मिनि तथा ठूला बसहरु संचालन भएको पश्चिम बस स्टेण्ड काउण्टरले जनाएको छ भने जिल्लाको विभिन्न स्थानमा जाने साना म्याजिक भ्यानहरु पनि संचालनमा आएको छ ।
विगत लामो समयदेखी बन्दका कारण थन्किएका यातायातका साधनहरु आइतबारदेखी मर्मत सम्भार गरि पुनः संचालनमा आएपनि यात्रुहरुको अभावमा न्यून मात्रामा गाडीहरु गुडिरहेका छन् । बन्द सूचारु रहेको तथा खुलेको भन्ने बारेमा दोधारमा रहेका कारण यात्रुहरु अहिले यात्रा गर्न अन्यौलमा परेका छन् ।
यस्तै सप्तरी क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गमा भने धरान, बिराटनगर, गाइघाट लगायतका स्थानहरुबाट यातायातका साधनहरु पनि संचालन हुन थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ