News Category 2072/10/27
एउटा संस्कारको अवसान ः वरिष्ठ राजनीतिज्ञ मण्डल
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले नेपालको राजनीतिक वृतको एउटा संस्कारको अवसान भएको बताउनु भएको छ ।
वरिष्ठ राजनीतिज्ञ मण्डलले मंगलबार एक विज्ञप्ति जारि गर्दै देशको संक्रमणकालिन अवस्था र प्रजातन्त्र बिरोधी राजनीतिक विचार धाराको वर्चश्व रहेको अवस्थामा सुशील कोइरालाको निधन प्रजातान्त्रिक पक्षको लागि अपुरनीय क्षति भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ , “२०४७ सालमा प्रजातन्त्र पुनःस्थापना पछि, नेपालको राजनीतिक वृतमा पलाएको सत्ता लिप्सा, धनलिप्सा र व्यक्तिगत सुखभोगवादको राजनीति माँझ सर्वोच्च कार्यकारी पदमा पुगेका कृष्णप्रसाद भट्टराई पछि सुशील कोइराला, दोश्रो राजनीतिज्ञ निस्कनु भयो । जसको राजनीतिक सदाचार, सादगीपूर्ण, जीवनवृत, बुढानिलकंठ, बोहराटार, मंडीखाटार, बालकोट, कोटेश्वर, डल्लु एवंम लाजिम्पाट जस्ता ठाउँबाट राजनीति गर्ने नेतृत्वलाई सधै मौन व्यंग गरिराखेको थियो । नेपालको भ्रष्ट कर्मचारीका कारण सदाचारको राजनीति गर्ने पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई कंलकित गर्ने काम गरेकै हो ।”
त्यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, “कोइराला परिवारको राजनीतिक बिरासतबाट सुशील कोइराला उच्चपद प्राप्त गरेको आमधारणा रहेको छ । तर मैले प्रजातान्त्रिक आन्दोलनको तीन दशक लामो कालखण्डमा प्रजातन्त्रप्रति उहाँको दृढ निश्चय र २०४७ पछि उत्पन्न विकृति बिरुद्धमा पार्टी भित्रको असन्तुष्टि पनि देखेको छु ।”
साथै विज्ञप्ति मार्फत उहाँले स्व. कोइरालाको आत्माको चिरशान्ति एवं शोक सन्तप्त वहाको परिवारजन तथा सहयोगीप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ