News Category 2072/10/28
संविधान संशोधनका नाममा शाषक वर्गले फ्यालेको जालमा मोर्चा फस्यो ः मातृका यादव
दैनिक संवाददाता
राजविराज, २७ माघ ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवले मधेशी मोर्चाका केही नेताहरुले आन्दोलन फिर्ता लिएर शहीदहरुको रगतलाई अवमूल्यन तथा जनतालाई धोका दिएको बताउनुभएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मधेशी मोर्चाका केही नेतामा ब्याप्त सामन्ती सोच, शासकिय प्रवृत्ति, ब्यक्तिवादी अहंकार र भ्रष्ट चरित्रले गर्दा नै आन्दोलनकले लक्ष्य प्राप्त गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले आफुहरु सवै प्रकारको चुनौतीको सामना गर्दै आन्दोलनवाट अधिकार प्राप्त गरी देखाई दिने ठोकुवा पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा सरकार र संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका अगुवा प्रति निकै आक्रमक देखिनु भएका संयोजक यादवले कथित राष्ट्रियता जोगाउने र संविधान संशोधनका नाममा शाषक वर्गले फ्यालेको जालमा मोर्चाका केहि लोभीपापी नेता फँस्न पुगेको आरोप लगाउनुभयो ।
आन्दोलन व्यक्ति वा दल विशेषले गरेर नहुने बताउँदै सम्पूर्ण मधेशवादी शक्तिहरु एकजुट हुनुपर्ने चाहे त्यो सशस्त्र होस् वा निशस्त्र उहाँको तर्क रहेको छ । उहाँले समग्र मधेश एक प्रदेश, पूर्ण समानुपातिक, धर्म निरपेक्षता, आत्म निर्णायकको अधिकार लगायतका मागहरु बारे जनतामाँझ जाने बताउनुभयो ।
यस्तै आन्दोलन अवधिभर जनताले वुझाउनुपर्ने कर, महसुल, ब्याज र हर्जाना सवै राज्यले मिनाहा गर्नुपर्ने संयोजक यादवले माग गर्नुभयो ।
उहाँले आन्दोलन विक्रि गर्ने मोर्चाका केहि नेताको भण्डाफोर गर्दै भावी आन्दोलनलाई सशक्त प्रभावकारी वनाउन मुलुक भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत छलफल, सभा र गोष्ठि लगायतका कार्यक्रमहरु गर्ने योजना वनेको जानकारी पनि दिनुभयो ।
त्यस्तै उहाँले आन्दोलन समितिका सदस्य रामबिवेक यादवसहित सयौं कार्यकर्ताहरु घाइते भएको प्रहरीको यातना र भुठा मुद्दाको सिकार भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै शहीद परिवारहरुलाई राहत, घाइतेहरुको समुचित उपचार तथा जिविकोपार्जनको व्यवस्था र आन्दोलनका क्रममा लगाईएका मुद्दाहरुको खारेजी तथा बन्दीहरुको रिहाईको माग गर्नुभयो ।
आन्दोलनलाई सशक्त वनाउन वृहत मोर्चा निर्माणका लागि मधेशका सवै आन्दोलनकारी पक्षसँग वार्ता र सम्वादको पहलका लागि समितिका सहसंयोजक गोपाल ठाकुरको संयोजकत्वमा वलराम यादव, श्रवण वरवरिया, जगत यादव, राजनारायण चौधरी, विन्देश्वर यादव र महेश यादव सदस्य रहने गरी एउटा वार्ता–सम्वाद समिति समेत गठन गरिएको संयोजक यादवले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले समितिको अवधारणा पत्र तथा अपिल केहि दिनभित्रै प्रकाशित गरी वितरण गर्नुका साथै मधेश आन्दोलन वारे गिति एल्वम निर्माण गरिने जानकारी दिनुभयो ।
निकट भविष्यमै महागठवन्धन मोर्चा वनाउने तयारी भईरहेको जानकारी दिनु भएको उहाँले समितिको एजेण्डामा सहमत हुने सवै दल, संघ, संगठन र समुहलाई खुलेर इमान्दारीताका साथ सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह पनि गर्नुभयो । मधेश आन्दोलनलाई निर्णायक बनाउनकालागि सशस्त्र वा निशस्त्र दुवै शक्तिसँग सहकार्य गर्न सकिने तथा यसका लागि प्रक्रिया अगाडि बढिसकेको नेता यादवले बताउनुभयो ।
सोही कार्यक्रममा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको सिरहाको गोलबजारमा सम्पन्न बृहत बैठकले गरेको निर्णय समेत सार्वजनिक गरिएको छ । समितिका सह–संयोजक गोपाल ठाकुरले पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रमहरु घोषणा गर्नुभयो । उहाँका अनुसार फागुन १ गतेसम्म सम्पूर्ण जिल्लाहरुमा जिल्ला समितिहरु गठन–पुनर्गठन गर्ने, फागुन ३ गते मधेशका सम्पूर्ण जिल्लाहरुमा विरोध प्रदर्शन, फागुन ५ गते सबै जिल्लाहरुमा सर्वपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी फागुन ८ गते मधेशका सवै निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन, फागुन ९ गते राजविराज, जनकपुर र विरगंजमा मातृभाषा दिवस सम्वन्धि कार्यक्रम गर्ने, फागुन ११ गते काठमाण्डौंमा अन्तरकृया र फागुन १३ गते मोरङ्गको रङ्गेलीमा आमसभा गर्ने समितिले निर्णय गरेको छ । फागुन २२ मा पुर्वपश्चिम राजमार्गमा प्रदर्शन, फागुन २६ मा समितिको वृहत समिक्षा बैठक तथा चैत्र १९, २० र २१ गते सप्तरीमा राजनितिक सम्मेलन गर्ने समितिले निर्णय गरेको छ ।
यसैबीच राजविराजमा सम्पन्न दुई दिने बैठकबाट मातृका यादवकै संयोजकत्वमा १२ सदस्यीय समिति पुर्नःगठन गरेको छ । उक्त समितिको सहसंयोजकमा गोपाल ठाकुर र प्रवक्तामा बलराम यादव चयन हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा श्रवण बरबरिया, जगत यादव, बिनोद उपाध्याय, राजनारायण चौधरी, महेश यादव, बिजेश्वर यादव, पप्पु मण्डल, छोटेलाल यादव र डा. ललन चौधरी रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ