News Category 2072/10/29
महागठबन्धन बन्ने पक्का मधेसी मोर्चामा थपिए तीन दल
दैनिक संवाददाता
काठमाडौं, २८ माघ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तीन दल थपिने सहमति भएको छ । अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ ।
काठमाडौंस्थित बिजुलीबजारमा अवस्थित तमलोपा कार्यालयमा बिहीबार बसेको बैठकले शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक मोर्चामा आवद्ध हुने सहमति भएको छ ।
ती तीन दल र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानसमेत सम्मिलित भएर संघीय समावेशी मधेसी गठबन्धन बनाएर आन्दोलन गर्दै आएका थिए । संसदमा नरहेको र पार्टीको स्वरुप पनि नलिइसकेको भन्दै मोर्चाले तमरा अभियानलाई स्विकार गरेको छैन ।
मोर्चाका नेताहरु तमलोपा नेता हृदयश त्रिपाठी, सदभावनाका लक्ष्मण लाल कर्ण र तमसपाका रामनरेश राय गठबन्धनमा आवद्ध नेताहरु अनिल झा, राजकिशोर यादव र रामसपाका नेता केशव झाबीच भएको बैठक मोर्चालाई नै विस्तार गर्ने निर्णयमा पुगेको जनाइएको छ । बैठकमा तमालोपा नेताहरु वृषेशचन्द्र लाल, सवेन्द्रनाथ शुक्ल र जितेन्द्र सोनल पनि सहभागी हुनुहुथ्यो ।
पार्टीका अध्यक्षहरु बाहिर रहेको र उहाँहरु सबै शुक्रबार काठमाडौं आइपुगेपछि औपचारिक घोषणाको तयारी गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ