News Category 2072/10/29
कसुर प्रमाणित नभएपछि असई हत्या आरोपी मोर्चा कार्यकर्ता साधारण तारेखमा रिहा
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
सप्तरीको प्रहरी चौकी झुटकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्यामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका मधेसी मोर्चाका एक सक्रिय कार्यकर्तालाई बिहीवार सप्तरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ ।
जिल्लाकै झुटकी गाविस निवासी एवं मोर्चा कार्यकर्ता अशोक यादवलाई सप्तरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको हो ।
गत पुस २० गते साूझ भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका अज्ञात हतियारधारी दुई जनाले नर्घो गाविसस्थित कल्भर्टमा असई सुब्बामाथि गोली हानी हत्या गरी फरार भएको थियो भने उक्त घटनाको जिम्मेवारी जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले लिएका थिए ।
तर, सप्तरी प्रहरीले उक्त घटनामा यादव संलग्न रहेको भन्दै गत पुस २९ गते काठमाण्डौबाट राजविराजतर्फ आउने क्रममा यादवलाई महोत्तरीको बर्दीबासबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका यादवलाई सप्तरी जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा चलाएको हो ।
सोही मुद्दामाथि बिहीवार भएको थुनच्छेक बहसमा न्यायाधीश शारदप्रसाद कोईरालाको एक इजलासले पेश गरिएको सबुत प्रमाणबाट प्रतिवादीको कसुर प्रमाणित हुन नसकेको भन्दै यादवलाई साधारण तारिखमा रिहा गरिएको अदालतका प्रवक्ता एवं श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
मधेसी मोर्चा सप्तरीले आफ्ना सक्रिय कार्यकर्ताहरुलाई पक्राउ गरी विभिन्न झुठा मुद्दा लगाउूदैआएको भन्दै संघर्षका विभिन्न कार्यक्रमहरु पछिल्लो समयमा गर्दैआएको थियो । अदालतको आदेशपछि खुशी भएका मधेसी मोर्चा सप्तरीका नेताहरुले रिहा भएका आफ्ना कार्यकर्ता यादवलाई फुल माला लगाएर स्वागत गरेका थिए ।
मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले घटनाको वास्तविक दोषीलाई पक्राउ गर्न नसक्ने प्रहरी आफैलाई जोगाउन आन्दोलनकै क्रममा आफ्ना कार्यकर्तालाई पक्राउ गरी विभिन्न मुद्दा लगाउने गरेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ