News Category 2070/05/09
म्याजिक व्यवसयी र ट्राफिक प्रहरीबीच सहमति
राजविराज÷सप्तरीमा सञ्चालित म्याजिक व्यवसायी र ट्राफिक प्रहरीबीच सहमति भएपछि म्याजिक ब्यवसायीहरुको आन्दोलन स्थगित भएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा शनिवार भएको दुई पक्षबीचको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
क्षमता भन्दा बढी यात्रु म्याजिक बसले नबोक्ने र ट्राफिक प्रहरीले पनि म्याजिक चालक र सहचालकलाई अनावश्यक दुख नदिने सैद्धान्तिक सहमति भएको जनाएको छ । सहमति अनुसार सिट बाहेक यात्रु नबोक्ने, सहचालक लगायत यात्रुहरुलाई झुण्डिएर यात्रा गर्न नदिने म्याजिक व्यवसायी र आफुहरु बीच सैद्धान्तिक सहमति भएको जिल्ला ट्राफि प्रहरी कार्यालय शम्भुनाथ सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
म्याजिक बसहरुले क्षमता पछाडीमा राखेको भ¥याङ ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काट्न थालेपछि म्याजिक व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए । ट्राफिक प्रहरीको कार्यले आफुहरुको व्यवसायी नै धरासायी भएको भन्दै व्यवसायीहरु शुक्रवार राजविराजमा दुई घण्टा चक्काजाम गरेका थिए । यसअघि बिहीवारसम्ममा ट्राफिक प्रहरी कार्यालय सप्तरीले तीन दिनभित्र करिब १६ वटा म्याजिक बसको भ¥याङ काटेको जनाएको छ ।
म्याजिक बसहरुले पछाडीमा राखेको भ¥याङमा क्षमता भन्दा बढी यात्रुहरुले झुण्डीएर यात्रा गर्ने गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले गत मंगलवारदेखि सो भ¥याङ काट्ने अभियान शुरु गरेको थियो ।
म्याजिक बसहरुमा रहेको भ¥याङमा झुण्डीएर क्षमता भन्दा बढी यात्रुहरु जोखिमपुर्ण यात्रा गर्ने गरेकाले त्यसबाट हुने दुर्घटनालाई दृष्टिगत गरी सो अभियान शुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
पहिलो चरणमा गत साउन महिनामा भ¥याङ काट्न म्याजिक बसहरुलाई भन्दा पनि अटेर गरेकाले आफ्ैले म्याजिक बसहरु नियन्त्रणमा लिई भ¥याङ काट्न शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
म्याजिक बसको पछाडीमा छाडिएको भ¥याङमा झुण्डीएर यात्रा गर्दा जोखिम हुने र त्यसबाट ठुलो दुर्घटना हुने सम्भावना देखिएकाले यस्तो अभियान शुरु गरेको उहाँले बताउनुभयो ।
सप्तरीमा ६१ वटा म्याजिक बस दत्र्ता रहेपनि करिब ५५ वटा म्याजिक बसहरु सञ्चालनमा रहेको म्याजिक व्यवसायी संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ