News Category 2070/05/09
म्याजिक व्यवसयी र ट्राफिक प्रहरीबीच सहमति
राजविराज÷सप्तरीमा सञ्चालित म्याजिक व्यवसायी र ट्राफिक प्रहरीबीच सहमति भएपछि म्याजिक ब्यवसायीहरुको आन्दोलन स्थगित भएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा शनिवार भएको दुई पक्षबीचको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
क्षमता भन्दा बढी यात्रु म्याजिक बसले नबोक्ने र ट्राफिक प्रहरीले पनि म्याजिक चालक र सहचालकलाई अनावश्यक दुख नदिने सैद्धान्तिक सहमति भएको जनाएको छ । सहमति अनुसार सिट बाहेक यात्रु नबोक्ने, सहचालक लगायत यात्रुहरुलाई झुण्डिएर यात्रा गर्न नदिने म्याजिक व्यवसायी र आफुहरु बीच सैद्धान्तिक सहमति भएको जिल्ला ट्राफि प्रहरी कार्यालय शम्भुनाथ सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
म्याजिक बसहरुले क्षमता पछाडीमा राखेको भ¥याङ ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काट्न थालेपछि म्याजिक व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए । ट्राफिक प्रहरीको कार्यले आफुहरुको व्यवसायी नै धरासायी भएको भन्दै व्यवसायीहरु शुक्रवार राजविराजमा दुई घण्टा चक्काजाम गरेका थिए । यसअघि बिहीवारसम्ममा ट्राफिक प्रहरी कार्यालय सप्तरीले तीन दिनभित्र करिब १६ वटा म्याजिक बसको भ¥याङ काटेको जनाएको छ ।
म्याजिक बसहरुले पछाडीमा राखेको भ¥याङमा क्षमता भन्दा बढी यात्रुहरुले झुण्डीएर यात्रा गर्ने गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले गत मंगलवारदेखि सो भ¥याङ काट्ने अभियान शुरु गरेको थियो ।
म्याजिक बसहरुमा रहेको भ¥याङमा झुण्डीएर क्षमता भन्दा बढी यात्रुहरु जोखिमपुर्ण यात्रा गर्ने गरेकाले त्यसबाट हुने दुर्घटनालाई दृष्टिगत गरी सो अभियान शुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
पहिलो चरणमा गत साउन महिनामा भ¥याङ काट्न म्याजिक बसहरुलाई भन्दा पनि अटेर गरेकाले आफ्ैले म्याजिक बसहरु नियन्त्रणमा लिई भ¥याङ काट्न शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।
म्याजिक बसको पछाडीमा छाडिएको भ¥याङमा झुण्डीएर यात्रा गर्दा जोखिम हुने र त्यसबाट ठुलो दुर्घटना हुने सम्भावना देखिएकाले यस्तो अभियान शुरु गरेको उहाँले बताउनुभयो ।
सप्तरीमा ६१ वटा म्याजिक बस दत्र्ता रहेपनि करिब ५५ वटा म्याजिक बसहरु सञ्चालनमा रहेको म्याजिक व्यवसायी संघ सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ