News Category 2072/11/01
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीद्वारा थप संघर्षका कार्यक्रमहरु सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २९ माघ ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीको जिल्ला कार्य समिति पुर्नगठन गरी थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
मधेशी पत्रकार समाज सप्तरीको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।
रागमन साहको संयोजकत्वमा गठित कार्य समितिको उप संयोजकहरुमा प्रभाकर सिंह, काशिन्द्र राम, सचिवमा तुफान मधेशी र प्रवक्तामा भगवति प्रसाद यादव रहेका छन ।
त्यस्तै सदस्यहरुमा राजदेव यादव, बद्री नारायण माझी, जय प्रकाश यादव, आशिष सिंह, भोला प्रसाद यादव भोली, मुकेश यादव, मो.रोजित, अमर नारायण यादव, संतोष यादव, विजय यादव, दिपेश यादव, वैजनाथ यादव, बुधराम मण्डल, जिवछ यादव, दिप नारायण यादव, प्रमोद कुमार यादव, धिरज कुमार पण्डित, मनोज यादव, गोसाई इशर, मो.तजमुल मियाँ, प्रमोद यादव सहितकाहरु रहेका छन ।
त्यसैगरी भोला साह, संजय दास, धर्मेन्द्र चौधरी, चुल्हाई यादव, तुलसी यादव, किसुन देव पासमान, सिल्टु साह, दिपेन्द्र वर्मा, भागवत यादव, मोती अन्सारी, राम पुकार खंग, प्रमोद यादव, दिलिप यादव, राम कुमार मण्डल, विहारी सदा, चन्देश्वर पौदार, सुरेन्द्र यादव, राजदेव प्रसाद साह र अपिल यादव रहेका छन ।
यस्तै ६ वटै क्षेत्रमा क्षेत्रिय संयोजक समेत चयन गरिएको जानकारी दिएको छ । जस अन्तर्गत सप्तरी क्षेत्र न. १ को संयोजकमा विजय यादव, २ को क्षेत्रिय संयोजकमा राजाराम यादव, ३ को क्षेत्रिय संयोजकमा धर्मेन्द्र चौधरी, ४ को संयोजकमा काशिन्द्र राम, ५ को संयोजकमा भगवति प्रसाद यादव र ६ को संयोजकमा प्रमोद यादव रहेका छ ।
त्यस्तै संयुक्त राष्ट्रिय आन्दोलन समिति सप्तरीले विभिन्न चरणका संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ३ गते राजविराजमा विशाल जनप्रदर्शन गर्ने, फागुन ९ गते राजविराजस्थित जेसिज भवनमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी विगत ६ महिनाको मधेश आन्दोलनमा मधेशी जनता खासगरी दैनिक मजदुरी गर्ने, ब्यापारी, यातायात, विद्यार्थी, विभिन्न संघ संस्था, जातीय जमातहरु सबैको मधेश आन्दोलनमा सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गर्दै मधेश आन्दोलनको अवधिभरी विद्यालयमा लाग्ने शुल्क मिनाहा गर्न विद्यालय फाउण्डरहरुलाई विनम्र अनुरोध गर्नुका साथै आन्दोलन लोकतान्त्रिक आवश्यकता भएकोले यस अवधि भरीका सम्पुर्ण करहरु राज्य पक्षले छुट दिनुपर्ने समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ