News Category 2072/11/01
तराईका जिल्लामा मानव अधिकारको अवस्था चिन्ताजनक ः आयोग
दैनिक संवाददाता
काठमाडौं, २९ माघ ।
राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ ।
मानव अधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिव सहितको टोलीले हालै सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो ।
‘अनुगमनका क्रममा ती जिल्लाहरुको मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको पाएको छ,’ आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका कारण लामो समय सम्म सरकारी कार्यालयहरु बन्द हुँदा सर्वसाधारणले दोब्बर जरिवाना तिरेर राजश्व महसुल बुझाउनु परेको तथा प्रहरीले गर्ने महत्वपूर्ण घटनाहरुको अनुसन्धानको काम कारबाही अगाडि बढ्न नसकेको अनुगमनका क्रममा पाइएको छ ।’
आन्दोलनको क्रममा घाइते भएकाहरुको विवरण संकलन गरी उनीहरुको निःशुल्क र प्रभावकारी उपचार गराउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले न्यायाधीश, न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मी, सर्वसाधारण लगायतसँग सामूहिक रुपमा छलफल तथा अन्तक्रिर्या गर्नुका साथै गैरन्यायिक हत्यासँग सम्बन्धित घटनाहरुको सम्बन्धमा निरीक्षणसमेत गरेको छ । छलफलका क्रममा सहभागीहरुले आयोगले घटना अघि र पछि पनि निष्पक्षरुपमा अनुगमन तथा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ