News Category 2072/11/05
जानकारी बिना बैदेशिक रोजगारीका लागि गएका ५३ जनालाई क्षतिपूर्ति दिलाउन सफल
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
सप्तरीबाट बिदेशिनेहरुको संख्यामा हरेक वर्ष बढ्दै गएको छ । तर, बैदेशिक रोजगारका लागि जानु पूर्व आवश्यक जानकारी नलिइकन जानेहरुको संख्या पनि उल्लेख्यीय रहेको छ । जसकारण बिदेश गएर अनावश्यक दुःख समेत पाएको सुन्ने गरिन्छ ।
आर्थिक वर्ष २०७१÷७२ मा वैदेशिक रोजगारमा जानको लागि २३ हजार ५ सय ४३ जनाले पासपोर्ट बनाउनको लागि आवेदन दिएको पाईन्छ । जस मध्ये १३ हजार ५ सय ६७ जना पुरुष र २५ जना महिला वैदेशिक रहेका छन् ।
सुरक्षित आप्रवासन परियोजनाले कुनै परामर्श नलिइकन् आफूखुशी सप्तरीबाट बैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा गएकाहरु मध्येबाट दुःख पाएका ५३ जनालाई स्थानिय स्तरबाट क्षतिपूर्ति उपलब्ध गराइएको छ । क्षतिपूर्ती वापत ५३ जनाले ३४ लाख ९८ हजार रकम पाएका छन् ।
सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारहरुको लागी वैदेशिक रोजगार तर्फ बदि सुरक्षित तथा लाभदायक बनाउन परियोजनाले लक्ष्य लिएको नेपालका परियोजना संयोजक अशोक कुमार साहले बताउनुभयो ।
यसैबीच सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जिल्लाका पत्रकारहरुस‘‘ग मंगलबार राजविराजमा एक दिने अन्तक्रृया कार्यक्रम समेत गरिएको छ । सामी÷हेल्भेटास स्विसइन्टर कोअपरेशन नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित बिद्यालय तथा आमसंचार कार्यक्रम सम्पन्न गरिएको हो ।
सोही अन्तरक्रियामा सकेसम्म स्वदेशमै रोजगारी गरौ, बिदेश जाने नै भए सिप सिकेर सुचना लिएर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै करा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्नेमा जिल्ला परियोजना संयोजक देब नारायण चौधरी बताउनुभयो ।
सोही कार्यक्रममा संचारकर्मीहरुले वैदेशिक रोजगारमा जाने ब्यतिहरुलाई गाउ‘मा सुचनामा पहु‘च तथा फ्रि भिसा, फ्रि टिकटलाई अभm प्रभावकारी बनाउन प्रचार प्रसारमा जोड दिनु पर्नेमा सुझाव दिएका छन । उक्त अन्तरकृया कार्यक्रममा जिल्लाका ३० जना बिभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देब नारायण चौधरी, सवल नेपालका परियोजना संयोजक अशोक कुमार साह, सुचना केन्द्रका परियोजना संयोजक भुवनेश्वर साह तथा सवल नेपालका कार्यक्रम अधिकृत चन्दन कुमार यादवले सहजिकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ