News Category 2070/05/10
यौन दुव्र्यवहारको शिकार बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आएन
दैनिक संवाददाता
राजविराज, ९ भदौ ।
स्थानिय एकयुवकको यौन दुव्र्यवहारकी शिकार भएकी सप्तरीको सितापुर गाविसकी १२ बर्षीया बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आउन सकेको छैन् ।
गत साउन १० गते साँझ घरमा कोही नभएको मौका छोपी सितापुर गाविस–१ निवासी मानन चौधरीको ३३ बर्षीय छोरा नागेन्द्र प्रसाद चौधरीले गरेको यौन दुव्र्यहारको शिकार बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आउन नसकेको हो । चौधरीले गरेको यौन दुव्र्यवहारका कारण पीडित बनेकी बालिकाको मानसिक सन्तुलनमा गम्भीर असर परेकाले पाँच दिनसम्म राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा उपचार भएपनि निको नभएपछि थप उपचारका लागि बालिकालाई काठमाण्डौ लगिएको र उनको बालिकाको काठमाण्डौस्थित ओम अस्पतालमा गत साउन ३१ गतेदेखि उपचार भईरहेको पीडित परिवारले जानकारी दिएको छ ।
मानसिक अवस्थामा असर परेकाले पीडित बालिका घट्ना सम्झेर त्रसिने गरेको पिडीत बालिकाका आफन्त तथा विश्वकर्मा कल्याण समाज सप्तरीका अध्यक्ष राजेन्द्र विश्वकर्मा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘ पीडित बालिकाले घट्नालाई सम्झेर रुनेर, त्रसित अवस्थामा उपचार गराई रहेकी छिन् ।” पीडित बालिकाको परिवारको आर्थिक अवस्थामा कमजोर भएकाले ब्याजमा कर्जा लिएर बालिकाको उपचार गराईरहेको विश्वकर्माको भनाई छ ।
साउन १० गते साँझ पानी खाने बाहनामा आफ्नो आँगनमा आएका चौधरीले घरमा कोही नरहेको मौका छोपी बलात्कारको प्रयास गरेको पीडित बालिकालाई उद्धत गर्दै विश्वकर्माले भन्नुभयो–‘‘ अस्पतालमा भेट्न आउने सबैसँग पीडित बालिकाले बुवा आमा काम बिशेषले लहान गएको, हजुर खेतमा घाँस काट्न गएका बेला चौधरीले पानी खान देउ भन्दै पानी मागेपछि आफुले पानी दिन जाँदा हात समातेर यौन दुव्र्यवहारको प्रयास गरेको थियो ।” तर चौधरीले लछार पछार गर्दै बलात्कारको प्रयास गर्दै गर्दा हजुर बुवा आएपछि चौधरी फरार भयो र आफु बलात्कार हुनबाट जोगिएको पिडीत बालिकाको भनाईलाई उद्धत गर्दै विश्वकर्मा बताउनुहुन्छ ।”
घट्नालग्तै चौधरी फरार भएको र पिडक बिरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएपछि प्रहरीले अझै फरार अभियुक्तलाई पक्राउ गर्न सकेको छैन् ।
यस सम्बन्धमा स्थानिय प्रहरी प्रशासनलाई जानकारी गराउँदै आएपनि नत फरार पक्राउ पर्न सकेको नत शान्ति सुरक्षाको उचित वातारण बन्न सकेको छ पीडित बालिकाको बुवाको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ