News Category 2072/11/05
६ वटै क्षेत्रमा काँग्रेसको अधिवेशन सम्पन्न क्षेत्र नं. ४ मा मण्डल प्यानल बिजयी
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि सप्तरीमा मंगलबार ६ वटै क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।
सम्पन्न निर्वाचनको मत परिणाम अनुसार क्षेत्र नं. ४ मा रामप्रसाद मण्डलको प्यानल बिजयी भएको छ । मण्डलले १ सय २२ मत ल्याई आफ्ना प्रतिद्वन्द्वी भगवती यादवलाई पराजित गर्नुभयो । यादवले ५९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सचिवमा भुपेन्द्र नारायण यादव, कोषाध्यक्षमा अम्बिका चौधरी बिजयी हुनुभएको छ । स्मरण रहोस् चौधरीको दोश्रो कार्यकाल हो । यसअघि पनि सोही पदमा उहाँ बिजयी हुनुभएको थियो । यता जिल्लाको अन्य क्षेत्रहरुको मतगणना जारि रहेको छ ।
यसअघि अधिकांश गाविस, नगर वडा र नगरपालिकामा सहमतीबाट नै काँग्रेसको अधिवेशन सम्पन्न भएपनि बढ्दो प्रतिस्पर्धाले गर्दा यहाँका ६ वटै निर्वाचन क्षेत्रमा मंगलबार निर्वाचन भएको हो ।
क्षेत्र नम्बर १ मा ललनकुमार गुप्ता र आशाराम चौधरी, क्षेत्र नम्बर २ मा बद्रीनारायण महात्मान र रामअवतार यादव, क्षेत्र नम्बर ३ मा महानन्दप्रसाद यादव र रामकुमार यादव, क्षेत्र नम्बर ५ मा उल्फत मियाँ र किरण भगत तथा क्षेत्र नम्बर ६ मा जितेन्द्र यादव र खगेन्द्रप्रसाद यादवले उम्मेदबारी दिनुभएको छ ।
यस्तै सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा ६६ जना महाधिवेशन प्रतिनिधिकालागि पनि उम्मेदवारहरु लड्दै छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधी र क्षेत्रिय सभापति स्वतः प्रतिनिधि हुने ब्यवस्था अनुसार सप्तरीबाट ७२ जना महाधिवेशन प्रतिनिधिको छनौट हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ