News Category 2072/11/07
गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने ः सिंचाई मन्त्री यादव
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
सिंचाई मन्त्री उमेश कुमार यादवले तराईका जिल्लाहरुमा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने दाबी गर्नुभएको छ ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन सप्तरी, सिंचाई विकास डिभिजन, भुमिगत जलश्रोत विकास डिभिजन लहान तथा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं. ४ लहानको आयोजनामा बिहिबार सप्तरीको सप्तकोशी नगरपालिका ८ गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा तथा कार्यान्वयन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
मन्त्री यादवले सिंचाई र साधन श्रोतको अभावमा मधेशका खेती योग्य जग्गा बाँझो रहने र युवा समूह विदेशिनु पर्ने समस्याको अन्त्य गर्न सरकारले योजना अघि सारेको जानकारी दिनुभयो । उहाँले गंगाजलीलाई विहिवारैदेखि लागु हुने गरी पूर्ण सिञ्चित क्षेत्र घोषणा गर्दै गंगाजली मात्रै नभई मुलुक भरीनै यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने दावी समेत गर्नुभयो ।
मन्त्री यादवले नदी, तलाउ आदिका पानी त्यसै खेर गइरहेकोले त्यसबाट लाभ लिने खालका कार्यक्रमलाई प्राथमिकताकासाथ सरकारले अगाडि बढाएको बताउनुभयो ।
सिंचाईतर्फ मधेशका ११ जिल्लामा हरेक वर्ष १० अर्बका दरले निरन्तर ५ वर्षको वजेट तथा पहाडका जिल्लामा प्रतिजिल्ला ५ अर्वका दरले निरन्तर ५ वर्षसम्म बजेट उपलब्ध गराईने बताउनुभयो ।
पहिलो चरणमा प्रत्येक निर्वाचन क्षेत्रमा पूर्ण सिंचित क्षेत्र घोषणा कार्यक्रम सप्तरीको ६ वटै क्षेत्रमा राखिएको जानकारी दिँदै उहाँले स्थानीय स्तरमा उपलब्ध पानीका श्रोतहरुलाई समुचित व्यवस्थापन गरी किसानको खेतसम्म सहज रुपमा पानी पु्¥याउने सरकारको लक्ष्य रहेको र सोही अनुसार द्रुत गतिमा काम अगाडि बढाईएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक निरञ्जनदेव पाण्डे, उपसचिवहरु, मधेशका जिल्लाका सिंचाई र जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गतका कार्यालय प्रमुखहरुको सहभागिता थियो । टोलीले सप्तकोशी नगरपालिका स्थित चन्द्रनहरको अनुगमन गर्दै त्यसको अवस्थाबारे जानकारी लिएको थियो ।
यसअघि सिंचाई मन्त्री यादव कार्यक्रममा सहभागि हुन जादै गर्दा सप्तरीको कंचनरुप नगरपालिका बेरियरस्थित आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । सो कालो झण्डा देखाउँने क्रममा मोर्चाका नेता तथा कार्यकर्ता र एमाओवादीका नेता कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ