News Category 2072/11/07
गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने ः सिंचाई मन्त्री यादव
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
सिंचाई मन्त्री उमेश कुमार यादवले तराईका जिल्लाहरुमा सिंचाई अभावमा खेतीयोग्य जग्गा बाँझो नरहने दाबी गर्नुभएको छ ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन सप्तरी, सिंचाई विकास डिभिजन, भुमिगत जलश्रोत विकास डिभिजन लहान तथा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं. ४ लहानको आयोजनामा बिहिबार सप्तरीको सप्तकोशी नगरपालिका ८ गंगाजलीलाई ‘पूर्ण सिंचित क्षेत्र’ घोषणा तथा कार्यान्वयन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
मन्त्री यादवले सिंचाई र साधन श्रोतको अभावमा मधेशका खेती योग्य जग्गा बाँझो रहने र युवा समूह विदेशिनु पर्ने समस्याको अन्त्य गर्न सरकारले योजना अघि सारेको जानकारी दिनुभयो । उहाँले गंगाजलीलाई विहिवारैदेखि लागु हुने गरी पूर्ण सिञ्चित क्षेत्र घोषणा गर्दै गंगाजली मात्रै नभई मुलुक भरीनै यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने दावी समेत गर्नुभयो ।
मन्त्री यादवले नदी, तलाउ आदिका पानी त्यसै खेर गइरहेकोले त्यसबाट लाभ लिने खालका कार्यक्रमलाई प्राथमिकताकासाथ सरकारले अगाडि बढाएको बताउनुभयो ।
सिंचाईतर्फ मधेशका ११ जिल्लामा हरेक वर्ष १० अर्बका दरले निरन्तर ५ वर्षको वजेट तथा पहाडका जिल्लामा प्रतिजिल्ला ५ अर्वका दरले निरन्तर ५ वर्षसम्म बजेट उपलब्ध गराईने बताउनुभयो ।
पहिलो चरणमा प्रत्येक निर्वाचन क्षेत्रमा पूर्ण सिंचित क्षेत्र घोषणा कार्यक्रम सप्तरीको ६ वटै क्षेत्रमा राखिएको जानकारी दिँदै उहाँले स्थानीय स्तरमा उपलब्ध पानीका श्रोतहरुलाई समुचित व्यवस्थापन गरी किसानको खेतसम्म सहज रुपमा पानी पु्¥याउने सरकारको लक्ष्य रहेको र सोही अनुसार द्रुत गतिमा काम अगाडि बढाईएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक निरञ्जनदेव पाण्डे, उपसचिवहरु, मधेशका जिल्लाका सिंचाई र जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गतका कार्यालय प्रमुखहरुको सहभागिता थियो । टोलीले सप्तकोशी नगरपालिका स्थित चन्द्रनहरको अनुगमन गर्दै त्यसको अवस्थाबारे जानकारी लिएको थियो ।
यसअघि सिंचाई मन्त्री यादव कार्यक्रममा सहभागि हुन जादै गर्दा सप्तरीको कंचनरुप नगरपालिका बेरियरस्थित आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । सो कालो झण्डा देखाउँने क्रममा मोर्चाका नेता तथा कार्यकर्ता र एमाओवादीका नेता कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ