News Category 2072/11/07
कर्मचारीबीच मतभेद छैन् ः राजविराज नपा अधिकृत गुरुङ
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले कार्यालयका कर्मचारीहरुबिच कुनै मतभेद नभएको दाबी गर्नुभएको छ ।
नगरपालिका कार्यालयमै बिहीबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि अधिकृत गुरुङले गत शुक्रबार लेखापाल शत्रुधनलाल दासमाथी गरिएको कानुनी कारवाहीको प्रक्रिया फिर्ता लिएको जानकारी दिनुभयो ।
उहाँले आफू राजविराज नगरपालिकालाई विकास गर्न इमान्दारिपूर्वक लागिपरेको उल्लेख गर्दै कर्मचारी र आफूहरुबीच कुनै मतभेद नरेहको तथा रहेपनि आन्तरिक कुरा भएको भन्दै संचारमाध्यममा आएका त्यस्ता कुरापछि नलाग्न नगरवासीलाई आग्रह गर्नुभयो ।
उहाँले मधेश आन्दोलनको अवधीमा पनि कार्यालयमा विभिन्न विकासीय कार्यहरु गरेको दाबी गर्दै त्यस्ता कार्यले नगरवासीलाई नै हित हुने स्पष्ट पार्नुभयो ।
यता नगरपालिका सम्पूर्ण कर्मचारीहरु अधिकृत गुरुङप्रति व्यापक असन्तुष्टी जनाउँदै आन्दोलित भएका छन् । अधिकृतले आफ्नो एकलौटी ढंगबाट कार्यालयको कामकाज गर्दै आएको भन्दै कार्यरत कर्मचारीहरु आन्दोलित भएको कर्मचारी इकाई समितिका अध्यक्ष उमेशप्रसाद यादवले बताउनुभयो ।
यसअघि कर्मचारीहरुले कार्यालय प्रमुखलाई सात दिन भित्र मागहरु बारे जवाफ दिन ज्ञापनपत्र समेत बुझाएका थिए । सो म्याद बुधबार पुरा भएको छ । यता अधिकृत गुरुङले कार्यालयमा सुरक्षाकर्मी राखेर कामकाज गर्दै हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ