News Category 2072/11/08
सप्तरी काँग्रेसको फागुन १० मा निर्वाचन सभापति, सचिव र कोषाध्यक्षमा गरि ४२ जनाको उम्मेदबारी दर्ता
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि सप्तरी जिल्ला कार्य समितिको आउँदो फागुन १० गते निर्वाचन हुने तय भएको छ । यसअघि सप्तरीको ६ वटै क्षेत्रमा निर्वाचन सम्पन्न भइ प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् ।
नेपाली काँग्रेस सप्तरीको ३३ सदस्यीय कार्य समितिका लागि हुन लागेको निर्वाचनमा १ हजार ६८ जनाले आफ्नो मत खसाल्ने पाउने छन् । सभापति, सचिव, कोषाध्यक्ष गरि जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ ।
यता शुक्रबार सभापतिमा रामदेव साह, सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरी गरि ४२ जना उम्मेदबारहरुले विभिन्न पदमा उम्मेदबारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन समितिका सदस्य मनोज कुमार मण्डलका अनुसार फागुन ७ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली साधारण नाम सच्याउने तथा सोही दिन ११ः३० देखी दिउसो ४ बजेसम्म र फागुन ८ गते बिहान ८ देखी १० बजेसम्म उम्मेदबारको मनोनय पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तै फागुन ८ गते १ बजे दिउँसो उम्मेदबारहरुको प्रथम नामावली प्रकाशन, १ः३० बजे देखी २ः३० बजेसम्म उम्मेदबारको नामावली दाबी बिरोध, सोही दिन २ः३० बजेदेखी ३ः३० सम्म उम्मेदबारको उम्मेदबारी फिर्ता, ४ बजे उम्मेदबारहरुको अन्तिम नामावली प्रकाशन कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ