News Category 2072/11/10
गठबन्धनका सात जना पक्राउ
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीद्वारा निकालिएको विरोध ¥यालीमा सहभागि गठबन्धनका सात जना कार्यकर्ताहरुलाई आईतबार राजविराजमा प्रहरीले पक्राउ गरेको छ ।
गठबन्धनले आईतबार राजविराजमा निकालिएको बिरोध ¥यालीमा सहभागि मध्ये प्रहरीले गठबन्धनका सात जना कार्यकर्ताहरुलाई राजविराजस्थित जनआन्दोलन चौकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुरेन्द्र मधेशी, बुधेश्वर मण्डल, मो.उष्मान मियाँ, चन्द्रेश्वर मण्डल, अनिल ठाकुर, महेश शर्मा र लाल बिहारी साह रहेका छन ।
पक्राउ परेकाहरुलाई हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार सप्तरीको भारदहबाट पक्राउ गरिएका श्याम सुन्दर मंडल, सुरेन्द्र मंडल र भोगेन्द्र शर्मालाई नेपाल प्रहरीले काठमाडौं विशेष अदालत लगेर १० दिनको अनुसन्धान म्याद थपेको गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ