News Category 2070/02/28
सप्तरीका चार अधिबक्ता न्यायाधीश बने
दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
न्याय परिषद्ले एकै पटक नियुक्त गरेको १६९ न्यायाधीशमा सप्तरीका चार जना कानुन व्यवसायी परेका छन् । यहाँका चार जना कानुन व्यवसायी न्यायाधीश बन्ने सौभाग्य पाएका छन् ।
नियुक्त हुनेमा एक जना पुनरावेदन अदालतका न्यायाधीशमा चयन भएका छन् भने बाँकी तीन जना पुनरावेदन अदालतकै अतिरिक्त न्यायाधीशमा नियुक्त भएका हुन् ।
वरिष्ठता, अनुभव, बिषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, सक्षमता समेतको परीक्षणबाट उनीहरुलाई नियुक्त गरिएको न्याय परिषद्ले जनाएको छ ।
अधिबक्ता रमेश बहादुर थापा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका छन् भने बाँकी तीन जना यसै अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएको सर्वाेच्च अदालतको आधिकारिक वेभसाइटमा उल्लेख रहेको छ । अतिरिक्त न्यायाधीशमा नियुक्त हुनेमा अधिबक्ता नारायण साह, दिनेश यादव र अनिता मानन्धर हुनुहुन्छ ।
यस्तै सप्तरी जिल्ला अदालतका न्यायाधीश मेघराज भट्टराई पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ भने पुनरावेदन अदालत राजविराजका रजिष्ट्रार बसन्ताज गौतम तथा पुनरावेदन सरकारी वकील कार्यालयका उप न्यायाधिबक्ता शिबबहादुर राणाभाट जिल्ला न्यायाधीशमा नियुक्त भएको वेभसाइटमा उल्लेख रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ