News Category 2070/02/28
सप्तरीका चार अधिबक्ता न्यायाधीश बने
दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
न्याय परिषद्ले एकै पटक नियुक्त गरेको १६९ न्यायाधीशमा सप्तरीका चार जना कानुन व्यवसायी परेका छन् । यहाँका चार जना कानुन व्यवसायी न्यायाधीश बन्ने सौभाग्य पाएका छन् ।
नियुक्त हुनेमा एक जना पुनरावेदन अदालतका न्यायाधीशमा चयन भएका छन् भने बाँकी तीन जना पुनरावेदन अदालतकै अतिरिक्त न्यायाधीशमा नियुक्त भएका हुन् ।
वरिष्ठता, अनुभव, बिषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, सक्षमता समेतको परीक्षणबाट उनीहरुलाई नियुक्त गरिएको न्याय परिषद्ले जनाएको छ ।
अधिबक्ता रमेश बहादुर थापा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका छन् भने बाँकी तीन जना यसै अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएको सर्वाेच्च अदालतको आधिकारिक वेभसाइटमा उल्लेख रहेको छ । अतिरिक्त न्यायाधीशमा नियुक्त हुनेमा अधिबक्ता नारायण साह, दिनेश यादव र अनिता मानन्धर हुनुहुन्छ ।
यस्तै सप्तरी जिल्ला अदालतका न्यायाधीश मेघराज भट्टराई पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ भने पुनरावेदन अदालत राजविराजका रजिष्ट्रार बसन्ताज गौतम तथा पुनरावेदन सरकारी वकील कार्यालयका उप न्यायाधिबक्ता शिबबहादुर राणाभाट जिल्ला न्यायाधीशमा नियुक्त भएको वेभसाइटमा उल्लेख रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ