News Category 2070/05/10
चन्द्र नहरको मर्मत कार्य नह“ुदा किसानलाई समस्या
दैनिक संवाददाता
राजविराज, ९ भदौ ।
करिब दुई महिनाअघि बाढीले भत्काईएको चन्द्र नहरको मर्मत सम्भार कार्य अझै हुन नसक्दाँ सो क्षेत्रका किसान मारमा परेका छन् ।
भत्केको लामो समयसम्म पनि कोसी पम्प चन्द्र नहर सिंचाई ब्यवस्थापन डिभिजन कार्यालय राजविराजले मर्मत सम्भारको काम शुरु नगर्दा किसानहरु सिचाँई सुविधाबाट बञ्चित हुँदै आएको छ ।
पौडा, सुन्दरी र महुली खोलाको बाढीले एक दर्जनभन्दा बढी ठाउँमा भत्काएको चन्द्रनहरलाई मर्मत गर्ने काम नहुँदा जिल्लाको साढे १० हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउन समस्या भईरहेको किसानहरु बताउँछन् । महुली खोलाको बाढीले मैनाकडेरी गाविसमा मात्रै चार ठाउँमा भत्काएको छ भने अन्य दर्जनबढी ठाउँमा पनि नहरलाई क्षति पु¥याएको छ ।
बाढीले दर्जनबढी ठाउँमा भत्काएपछि मर्मत सम्भार नगरिंदा पाँच हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउन नसकेको चन्द्रनहर सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महात्मानले बताउनुभयो ।
पटक पटक मौखिक तथा लिखित रुपमा डिभिजन कार्यालयमा मर्मत सम्भारकोलागि जानकारी गराउँदा पनि कुनै पहल हुन नसकेको संस्थाका अध्यक्ष महात्मानको गुनासो छ । यता कोसी पम्न चन्द्रनहर ब्यवस्थापन डिभिजन कार्यालय राजविराजका डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद दासले बाढीले भत्काएको ठाउँमा मर्मत सम्भार गर्नकालागि ७१ लाखको स्टीमेट पेश गरेपनि विभागले नै कुनै ध्यान नदिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ