News Category 2072/11/11
सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न, मतगणना जारि
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्य समिति सप्तरीका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ ।
राजविराजस्थित केशो अनरोद्धवती माविमा सोमबार सम्पन्न निर्वाचनमा सभापति पदका लागि दुई उम्मेदबार वर्तमान सभापति दिनेश कुमार यादव र रामदेव साहबीच प्रतिस्पर्धा भएको छ ।
वर्तमान सभापति दिनेश कुमार यादव दोश्रो कार्यकालका लागि पुनः सभापतिमा उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरी उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै सभापति पदमा रामदेव साहले उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरीले उम्मेदवार बन्नुभएको छ ।
सभापति, सचिव, कोषाध्यक्ष बाहेक जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सो निर्वाचनमा १ हजार १ सय ९१ मतदाता मध्ये १ हजार १ सय ६४ जनाले मत खसालेका छन् । यसैबीच सम्पन्न निर्वाचनको मतगणना सोमबार रातीदेखी जारि रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ