News Category 2072/11/11
स्वतन्त्र मधेश गठबन्धनद्वारा नेता कार्यकर्ताको रिहाईको माग
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
स्वतन्त्र मधेश गठबन्धन सप्तरीले सप्तरी प्रहरीले पक्राउ गरेको सप्तरी संयोजकसहित एक दर्जन नेता कार्यकर्ताको रिहाईका लागि सम्पूर्ण बृद्धिजिवि, संचारकर्मी, कानुन व्यवसायी, मानवअधिकारकर्मीसँग माग गरेको छ ।
गठबन्धनका आन्दोलन विभागका प्रमुख महेश प्रसाद यादव र दलित विभागका प्रमुख काशिन्दर रामद्वारा सोमबार जारी विज्ञप्तीमा राजविराजस्थित जनआन्दोलन चौकबाट गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, मो.उष्मान, चन्देश्वर मण्डल किसान, बुधेश्वर मण्डल, अनिल ठाकुर, महेश शर्मालाई शान्तिपुर्ण आन्दोलनबाट विना कारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सो कार्यको घोर भत्सर्ना गरेको छ ।
जारी विज्ञप्तीमा पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरुलाई अविलम्ब रिहाईको लागि जोडदार रुपमा माग गरिएको छ । त्यस्तै जिल्लाको भारदहबाट पक्राउ परेका श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई काठमाण्डौ लगी झु्ठा मुद्दा लगाई मधेशी जनतनाको आवाजलाई दबाउने कार्य भएकोले अन्र्तराष्ट्रिय मानवअधिकारको वाक स्वतन्त्रताको हनन भएको विज्ञप्तिमा उल्लेख छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजबाट गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र शर्मा, उष्मान मियाँ तथा बुधेश्वर मण्डललाई मात्र पक्राउ गरेको जनाउँदै भारदहबाट पक्राउ परेका श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई काठमाडौंमा विशेष अदालतबाट म्याद थप गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ