News Category 2072/11/12
बन्द अवधीको कर तथा ब्याज मिनाहा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
मधेश आन्दोलनका क्रममा बन्द अवधीको कर तथा व्याज मिनाहा हुनुपर्ने लगायका विभिन्न ६ बुँदे मागहरु अघि सार्दै मधेशी मोर्चा सप्तरीले प्रधानमन्त्री समक्ष मंगलबार ज्ञापन पत्र पठाएको छ ।
मधेशी मोर्चा सप्तरीले विगत ६ महिनाको लामो बन्दका कारण सर्वसाधारण जनताको जनजीवन अति कष्टप्रद रहेको भन्दै विभिन्न कार्यालयहरुमा लिईरहेको राजस्वहरुमा जरिवाना मिनाहा, आन्दोलनको क्रममा घाईतेहरुको शिघ्र उपचारको व्यवस्था, शहादत भएकाहरुलाई शहिद घोषणा, पेट्रोलियम पदार्थको सहज आपुर्ति तथा कालोबजारी नियन्त्रण लागयतका मागहरु अघि सारेको छ ।
मधेशी मोर्चासँग आवद्ध सम्पूर्ण राजनीतिक दलहरुले सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम कुमार उपाध्यायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हो ।
लामो बन्दको अवधीमा कुनै पनि उत्पादनमूलक कार्य हुन नसकेको, व्यापार, व्यवसाय, कलकारखाना लगायत सम्पूर्ण गतिविधिहरु बन्द रहेकोले सर्वसाधारण जनताको पीडालाई मध्यनजर गर्दै उक्त अवधीको कर तथा व्याज मिनाहा गर्न मधेशी मोर्चा सप्तरीले माग गरेको छ ।
यसअघि राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा निकालिएको जुलुसमा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, राजनीतिकर्मी सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेश कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, युवा नेता विनोद कुमार यादव, फोरमका युसुफ अलि, फोरमका जिल्ला सचिव उमेश कुमार यादव, सदस्य केदार यादव, नवनीत झा, अभिशेक यादव, रामकृष्ण मुखियालगायत मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुसहितको टोलीले निमित प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यता ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले तत्काल मोर्चाको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने तथा माग सम्बोधन गराउने तर्फ आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ