News Category 2072/11/13
लैङ्गिक हिंसा नियन्त्रण बारे समन्वय योजना तयार
दैनिक संवाददाता
राजविराज, १२ फागुन ।
सप्तरीमा जिल्लाको लैङ्गिक हिंसा नियन्त्रण सेवाको नक्शांकन गरी बुधबार जिल्लाको समन्वय योजना तयार गरिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको आयोजनामा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा आयोजित वैठकले समन्वय योजना तयार गरिएको हो ।
महिला तथा बालबालिका विरुद्ध हुने हिंसा, अपराध न्यूनिकरण गर्ने अभियान एक पक्षियबाट मात्र सम्भव नभएकाले सम्बन्धित सबै पक्षको समन्वय र सहकार्यका लागि सरकारी, गैर सरकारी संस्था, निकाय, नागरिक समाज, सञ्चार माध्यम सबैको पहिचान गरी नक्शांकन एवं समन्वय योजना तयार पारिएको सञ्जालले जनाएको छ ।
कार्यक्रममा विभिन्न निकायको भूमिका, योगदान, उनीहरुले विभिन्न विषयमा दिन सक्ने सेवालगायतका विषयमा विस्तृत छलफल गरी योजना तयार पारिएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, जिल्ला सञ्जालका अध्यक्ष एवं इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले नक्शांकन एवं समन्वय योजनाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी उपरिक्षक एवं समन्वय समितिका संयोजक भिमप्रसाद ढकालले हिंसा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्यको औचित्यबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला विकास समिति, राजविराज नगरपालिका, अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, गैससकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी, कानुन व्यवसायीसहित जिल्ला सञ्जाल र गाविस स्तरिय सञ्जाल कार्यकारिणी समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ