News Category 2070/05/11
चुनावी राजनीतिले मात्र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने ः अध्यक्ष यादव
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा पुर्व सञ्चारमन्त्री राजकिशोर यादवले चुनावी राजनीतिले मात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेशमा राजनीतिक संस्कारयुक्त बैचारिक क्रान्ति भएमात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुने बताउनुभयो ।
आसन्न मंसीर ४ गतेको संबिधानसभाको निर्वाचनलाई सार्थक बनाउन सबै दलहरु इमान्दार बन्नुपर्ने बताउनुहुँदै मंसीर ४ को निर्वाचनलाई सार्थक निर्वाचन बनाउन सकिएमात्र अहिलेसम्म प्राप्त भएका उपलब्धीहरुको रक्षा हुन सक्ने भएकाले यसमा सबै दल इमान्दार बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘ आसन्न निर्वाचनको नाममा नौटंकी मात्र नहोस्, मंसीर ४ को निर्वाचनबाट सार्थक परिणाम निकाल्न दलहरु जिम्मेवार बन्नु जरुरी छ ।”
आसन्न निर्वाचनलाई आफुहरुले साध्य नभई एउटा साधनको रुपमा मात्र लिएकाले अध्यक्ष यादवको भनाई थियो ।
संबिधानसभामा बहस र छलफल गर्ने बिषय बस्तुको निर्वाचन अघि नै टुङगो लगाएर अघिल्लो संबिधानसभाबाट सम्पादन भएका सहमतिका बुँदाहरुको स्वामीत्व ग्रहण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिनुहुँदै पुर्व सञ्चारमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले त्यो हुन नसके अबको निर्वाचनबाट पनि सार्थक परिणाम नआउने दाबी गर्नुभयो ।
भेलामा फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित भेलामा फोरम गणतान्त्रिकका बरिष्ठ नेता राजलाल यादव, सो पार्टीका केन्द्रीय सदस्यहरु रामलाल सुतिहार, नरेन्द्र यादव, गंगाराम यादव, युवा फोरम गणतान्त्रिकका तेजनारायण यादव लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ