News Category 2072/11/17
सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्छ ः महतो
दैनिक समाचारदाता
काठमाडौं, १६ फागुन ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई अहिलेको समयलाई सदुपयोग गर्न सुझाव दिनुभएको छ ।
आइतबार काठमाडौंमा सदभावना पार्टी केन्द्रीय सम्पर्क समितिद्वारा आयोजित ‘जारी मधेश आन्दोलन के भावी कार्य दिशा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सरकारलाई सो सुझाव दिनु भएको हो ।
महतोले सरकारलाई मधेशी–थारुको माग पुरा गर्न अहिले सहज परिस्थिति रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्ने चेतावनी दिनुभयो । उहाँले भननुभयो, “अहिले आन्दोलनकारीहरुले शक्ति संचय गरिरहेको छ । चैत बैशाखमा घनघोर आन्दोलन हुनेछ ।”
उहाँले मधेशमा जारी आन्दोलनलाई राष्ट्रिय आन्दोलन बनाउने क्रममा रहेको बताउनु भयो । मधेश आन्दोलन राष्ट्रिय आन्दोलन बन्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनको तयारीमा रहेको र त्यसै क्रममा सदभावना पार्टीले मेची–महाकाली हुलाकी यात्रा गर्न लागेको जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा मधेशका बुद्धिजिवि, राजनीतिकर्मी, पेसाकर्मी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ