News Category 2072/11/19
काँग्रेस १३औं महाधिवेशन केन्द्रीय सदस्यमा सप्तरीबाटै ११ उम्मेदवार !
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
आसन्नः नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट पार्टीका केन्द्रीय सदस्य पदकालागि सप्तरीबाट मात्रै आधा दर्जन बढीले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनेहरुमा सप्तरीबाट पूर्वराजदुतदेखि जिल्ला तहका नेतासम्म रहेका छन् ।
नेपाली काँग्रेसकै राजनीतिमा लागेर बृद्ध भईसकेका सप्तरीका बयोवृद्ध काँग्रेसी नेता बिरवल बिराजीले पनि यस पटक केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनुहुने भएको छ । उहाँ सप्तरी जिविसका पूर्व सभापतिसमेत हुन् ।
यस्तै विभिन्न देशको राजदूत भई कामकाज गरिसकेका सप्तरी निवासी डा. सुरेश चालिसे पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने हुनुभएको छ । त्यसैगरी चिकित्सा पेशामा रही काँग्रेसमा सक्रिय रहेका सप्तरी तिलाठी निवासी डा. अनिल झा पनि यसपटक केन्द्रीय सदस्यकालागि महाधिवेशनमा उम्मेदवारी दिने तय रहेको छ ।
पहिल्यै पनि काँग्रेसका केन्द्रीय सदस्य भईसकेका पूर्व गृहराज्य मन्त्री राजविराज निवासी रामकुमार चौधरी यसपटक पुनः केन्द्रीय सदस्यमा उठ्ने पक्कापक्की छ ।
त्यस्तै नेवि संघका केन्द्रीय अध्यक्ष एवं सांसद सप्तरी निवासी रञ्जित कर्ण र सांसद सकलदेव सुतिहार भने प्रदेश नम्बर २ बाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने दुबैजनाले बताउनुभएको छ ।
यसैगरी नेपाल टे«ड यूनियन काूग्रेसका केन्द्रीय नेता उमेश मिश्र पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने पक्का छ ।
आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा सप्तरी निवासी यूवा नेता एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य सनतकुमार मण्डल र महिला कोटाबाट गीता यादवले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ ।
यस्तै सप्तरी निवासी सांसदद्वय तेजुलाल चौधरी र सुरेन्द्र यादवले समेत उम्मेदबारी दिने चर्चा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ