News Category 2072/11/20
मधेशी मोर्चाले पुनः संघर्षका कार्यक्रमहरु सार्वजनिक ग¥यो
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विभिन्न संघर्षका कार्यक्रमहरु बुधबार घोषणा गरेको छ ।
मोर्चाको केन्द्रिय सचिवालयको दुई दिन सम्म चलेको बैठकले न्याय परिषद सँग संविधान विपरीतको सिफारिस रद्द गरी पुनरावलोकन गर्नुपर्ने माग समेत गरेकोे छ ।
मोर्चासँग आवद्ध संघिय समाजवादी फोरम नेपालका मंगलसिद्धि मानन्धर, तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लाल, सद्भावना पार्टीका मनिष कुमार सुमन, तराई मधेश सदभावना पार्टी नेपालका रामनरेश राय, राष्ट्रिय मधेश समाजवादी पार्टीका केशव झा, नेपाल सदभावना पार्टीका कौशलेन्द्र मिश्र र फोरम गणतान्त्रिकका परमेश कुमार साहद्धारा जारी विज्ञप्तीमा मोर्चाको मागको समर्थनमा र राज्यद्धारा जारी हत्या, हिंसा, दमन र प्रहरी ज्यादतीको विरुद्ध आम जनताको हस्ताक्षर संकलन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
त्यस्तै सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अन्र्तगत फागुन २५ गते देखि चैत्र १ गते हरेक जिल्लामा क्षेत्रिय स्तरमा सभा, अन्तरक्रिया, कोण सभा गरी मधेश आन्दोलनको समर्थनमा जागरण अभिवृद्धि गर्दै आन्दोलनका निमित उर्जा संकलन गर्ने, हल्ला बोल कार्यक्रम अन्तर्गत चैत्र ५ गते जिल्लाको सदरमुकामको निश्चित स्थानमा दिनको १ बजेदेखि विभेदकारी राज्य विरुद्ध तथा कैलाली, महोत्तरी, धनुषा, सिरहा, रुपन्देही लगायतका मधेशका जिल्लाहरुमा भईरहेको ज्यादती तथा धडपकडको विरोधमा विरोध सभा गर्ने र त्यसपछि १ घण्टासम्म मधेश आन्दोलनका नाराहरु लगाउँने तथा होलिका दहन अन्तर्गत चैत्र ७ गते नेपालको संविधान २०७२ जारी गर्ने सभासदहरुको प्रतीकको रुपमा एउटै विशाल पुतला बनाई मधेश विरोधी मानसिकताको होलिका दहन गर्ने रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ