News Category 2070/05/11
कुरितीजन्य हिंसा सम्बन्धि दुई दिने अभिमुखीकरण शुरु
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
कुरीतिजन्य हिंसाविरुद्ध राष्ट्रिय सञ्जाल सप्तरीले सोमबारदेखि राजविराजमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोे छ ।
सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको उक्त अभिमुखीकरणको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले राजनीतिक दलहरुले नै अपराधीलाई संरक्षण दिदै आएको आरोप लगाउँदै अपराधीहरुलाई राजनीतिक संरक्षणबाट मुक्त बनाउनुपर्ने बताएका छन् । सामाजिक ब्यवहार सुधार ऐनको प्रभावकारी कार्यान्वय गरिनु आवश्यक रहेको बताउँदै वक्ताहरुले कानुन कमजोर भएकोले पनि हिंसाका घटनाहरु मौलाउँदै गएको बताएका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले समाजमा ब्याप्त रहेको कुरीतिहरुलाई अन्त्य गर्न सबै मिल्नुपर्ने बताउनुभयो ।
सो अवसरमा इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले कुनै पनि अपराध गरेका ब्यक्ति समातिएपछि त्यसलाई छुटाउन राजनीतिक ब्यक्तिहरुले प्रहरी प्रशासनलाई दबाव दिने गरेको बताउनुभयो ।
कुरीतिजन्य हिंसाविरुद्धको राष्ट्रिय सञ्जालका पूर्वाञ्चल संयोजक शोभा चेम्जोङ्ग पालुङवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जालकी केन्द्रीय संयोजक विमला पराजुली, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, फोरम लोकतान्त्रिकका जिल्ला सचिव भोगेन्द्र चौधरी, बहुजन समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष झबर राम, फोरम नेपालका सह सचिव उपेन्द्र साह, नेकपा माले समाजवादीका धनविर साह, जिल्ला बारका अध्यक्ष केशव दास, नेमकिपाका अध्यक्ष दिगम्बर यादव, एमाओवादीका विनोद यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धिरेन्द्रप्रसाद साह, पूर्व अध्यक्ष शिवहरिप्रसाद भट्टराई, मञ्जु श्रेष्ठ, सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला लगायतकाले बोल्नुभयो ।
सञ्जालकी करुणा झाद्वारा सञ्चालित कार्यक्रममा सञ्जालकी सदस्य उमा पोखरेलले स्वागत गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ